+
+
-- Sponsored Ad --

सगरमाथा आरोहण गर्ने क्रममा ११ जनाको मृत्यु

226 पटक हेरिएको
Clock २०८० जेष्ठ ६, शनिबार १३:२३

POV shoot of a high altitude mountain climber’s lags in crampons. He lying and resting on snow ice field with Ama Dablam (6812m) summit covered with clouds background.Extremal people vacations concept

-- Sponsored --

काठमाडौं । सगरमाथा आरोहण गर्ने क्रममा यो सिजनमा ११ जनाले ज्यान गुमाएका छन् ।

शुक्रबार एक मलेसियनसहित दुई आरोहीले ज्यान गुमाएसँगै यो सिजनमात्रै सगरमाथा आरोहणको क्रममा ज्यान गुमाउनेको संख्या ११ पुगेको हो ।

मलेसियन नागरिक अग अस्कन्दर बिन अम्पुअन याकुब सगरमाथाको चुचुरोभन्दा ५० मिटर तल पुग्दा अचानक बिरामी परेपछि आधारशिविर ल्याईएको थियो । उनको सोही क्रममा मृत्यु भएको हो ।

अर्का एक जनाको भने पहिचान खुल्न बाँकी रहेकाे छ । सगरमाथा आरोहणका क्रममा ११ जनाको मृत्यु भएको पर्यटन विभागद्वारा गठित अनुगमन समितिले जानकारी दिएको छ ।

सगरमाथा आरोहण गर्न यो सिजन अहिलेसम्मकै सबैभन्दा बढी अर्थात् ४ सय ६६ आरोहीले अनुमति लिएका थिए । तीमध्ये कतिले सफल आरोहण गरे, त्यसको अन्तिम रिपोर्ट तयार हुँदै गरेको पर्यटन बोर्डले जनाएको छ ।

यस सिजनमा कामरिता शेर्पाले २७ औं पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाउनुभएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win