+
+
-- Sponsored Ad --

बालकृष्ण खाणलाई हिरासतमै पुगिन् मञ्जु खाण

258 पटक हेरिएको
Clock २०८० जेष्ठ ८, सोमबार ११:४१
-- Sponsored --

काठमाडौं । नेपाली कांग्रेसकी सांसद मञ्जु खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका श्रीमान बालकृष्ण खाणलाई भेटेकी छिन् ।

आज बिहान सांसद खाण टेकुस्थित जिल्ला प्रहरी कार्यालयमा पुगेर बालकृष्णलाई भेटेकी हुन् ।

गत वैशाख २७ गते प्रहरीले पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता खाणलाई प्रहरीले पक्राउ गरेको थियो ।

सो प्रकरणमा मञ्जुमाथि समेत मुछिएपनि उनी पक्राउ परेकी छैनन् ।

केही दिन फरार रहेकी खाण अहिले सार्वजनिक कार्यक्रमहरुमा उपस्थित हुन थालेकी छिन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि संसद बैठकमा जान छाडेकी उनी गत जेठ ४ गतेको प्रतिनिधि सभा बैठकमा उपस्थित भएकी थिइन् । भने त्यसयताका बैठकहरुमा उनी सहभागि भइरहेकी छिन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win