0 प्रतिक्रिया
तिनाउमा पौडी खेल्दा डुबेर युवकको मृत्यु
२ असार, बुटवल । तिनाउ नदीमा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका–३ मा पर्ने तिनाउ खोलाको विद्युत ड्याममा डुबेर गुल्मीको सत्यवती गाउँपालिका–७ घर भएका १८ वर्षीय अभिषेक परियारको मृत्यु भएको हो ।
परियारलाई दोभान प्रहरी चौकीका प्रहरीले उद्दार गरी लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।
उक्त स्थानमा यसअघि पनि पटक पटक पौडी खेल्ने क्रममा डुबेर मानिसको ज्यान जाने गरेपनि त्यहां जान रोक लगाउने विषयमा सम्बन्धित निकायको ध्यान पुगेको छैन ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



