+
+
-- Sponsored Ad --

नेपाल–चीन सीमा चिह्न पुनःस्थापनाका लागि सरकारले बनायो टोली

205 पटक हेरिएको
Clock २०८० असार ५, मंगलवार १८:५६
-- Sponsored --

काठमाडौं । सरकारले नेपाल–चीन सिमानाको तातोपानी झ्याङ्मोमा सीमा चिह्न पुनःस्थापनाका लागि अध्ययन टोली गठन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल–चीन सिमानाको तातोपानी झ्याङ्मोस्थित सीमा चिह्न स्तम्भ ५३ (१) लाई यथास्थानमा संयुक्त रुपमा पुनःस्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

यस्तै, बैठकले धुर्मुस सुन्तली फाउन्डेसनले गिरानचौर एकीकृत नमुना बस्ती पुनर्निर्माण तथा पर्यटन प्रवद्र्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरण गर्दा लाग्ने कर छुट दिने निर्णय गरेको उनले बताइन् ।

बैठकमा पूर्वी क्षेत्रमा बाढी र पहिरोपछि बेपत्ताको खोजी, राहत र पुनःस्थापनाको कामलाई प्रभावकारी ढंगले अघि बढाउने विषयमा छलफल भएको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win