+
+
-- Sponsored Ad --

गठबन्धनले नयाँ कोर्स सुरु गर्‍यो, मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिँदैन : आङ्बो

244 पटक हेरिएको
Clock २०८० असार १४, बिहीबार १६:५०
-- Sponsored --

१४ असार, विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिन नसकिने बताएका छन् ।

मुख्यमन्त्री कार्कीले प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा धारणा राख्दै आङ्बोले संघीय सरकारको गठबन्धनमा रहेका दललाई साथ दिनु आफूहरुको कर्तव्य रहेको बताए ।

राष्ट्रपति निर्वाचनका बेला केन्द्रमा गठबन्धन परिवर्तन भएपछि ढिलोचाँडो प्रदेश सरकारबाट आफूहरु बाहिरिनुनै पर्ने आङ्बोले बताए । आफूले सहज वातावरण बनाएर सरकारबाट बाहिरिएको पनि उनले दाबी गरे ।

‘जुन गठबन्धनले साथ दिएर त्यो सरकार बनेको छ । त्यो गठबन्धनले नयाँ राजनीतिक कोर्स सुरुवात गर्न आग्रह गरेपछि स्वभाविक रुपमा हामी त्यो आग्रहबाट बाहिर जान सक्दैनथ्यौं’ उनले भने ।

नेता आङ्बोले कोशी नामकरणको विपक्षमा रहेकाहरुको माग सम्बोधनका लागि नाममा पुनर्विचार गर्नुपर्ने बताए । उनले एमालेको व्यवहार र कार्यशैलीका कारण पनि सहकार्य टुटेको दाबी गरे ।

फेरि पनि सहकार्य गर्न सकिने बताउँदै उनले तत्कालका लागि भने एमाले नेतृत्वको सरकारलाई विश्वासको मत दिन नसकिने खुलाए ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win