+
+
-- Sponsored Ad --

स्व. मदन भण्डारीको ७२ औ जन्म जयन्तीको अवसरमा कावासोतीमा एमाले नेता तथा कार्यकर्ताविच अन्तक्रिया सम्पन्न

441 पटक हेरिएको
Clock २०८० असार १४, बिहीबार १७:३९
-- Sponsored --

राजेश सुनाम, असार १४ , कावासोती,  : जननेता मदन कुमार भण्डारीको ७२औं जन्म जयन्तीको अवसरमा नेकपा एमाले नवलपुर जिल्ला कमिटीले पार्टी कार्यालय कावासोतिमा पार्टीका नेता तथा कार्यकर्ताहरु बीच अन्तरक्रिया तथा

स्व. मदन भण्डारीको तस्बिरमा फुलमाला अर्पण गरि मनाएको छ ।

पार्टी जिल्ला अध्यक्ष मुक्तिराम पान्डेको अध्यक्षताामा सम्पन्न कार्यक्रममा पार्टी पोलिट्ब्युरो सदस्य एवम् नवलपुर जिल्ला इन्चार्ज मना के.सि. (जि.सि.) को प्रमुख आतिथ्यता रहेको थियोे ।
त्यस्तै अतिथिहरुमा केन्द्रिय सदस्य रबिन्द्र अधिकारी, जिल्ला समन्वय समिति प्रमुख बाबुराम बि.क. कावासोति नगरपालिकाका नगर प्रमुख बिष्णु प्र. भुसाल, पुर्ण प्रकाश बि.क., मेक ब. पुलामी, नारायण तिमिल्सिना, होमनाथ जैसी, लीला थनेत पोखरेल , कोपिला शर्मा, गोमा नेपाली, पार्बता पान्डे, शकुन्तला लम्साल, मोहदत्त अधिकारी, भुपेन्द्र खनाल, रोशन थापा, मीन लामा, जयश्वर भुसाल, होमनाथ पान्डे, राजेश सुनाम, बिष्णु पौडेल, रामकृष्ण ढुंगाना, राजेन्द्र पान्डे, दिवाकर शर्मा, डासुराज पोखरेल लगायत जनप्रतिनिधि, केन्द्र, जिल्ला, नगर र वडाका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियोे ।

स्व. मदन भण्डारीको ७२ औ जन्म जयन्तीको अवसरमा बोल्दै प्रदेश कमिटी नेता , केन्द्रिय नेता र प्रमुख अतिथि मना के.सि.(जि.सि.) ले जनताको बहुदलीय जनबाद (जबज) को बारेमा जानकारी दिनुभयो।
मान्छे जन्मेपछि एक दिन अवस्य मरिन्छ र इतिहास कमै मान्छेले रच्छन तर मदन भण्डारी इतिहास रच्नु भएका युवा नेता प्रखर बक्ता प्रष्ट बिचार राख्न सक्ने सजिलै सबैको मन जित्न सक्ने भन्ने विषयमा चर्चा गर्दै, अब पार्टीमा यस्ता खालको कार्यक्रम र प्रशिक्षणबाट पार्टी माथी उठने कुरामा बिस्वस्त रहन समेत अनुरोध गर्दै भण्डारीको नेता भण्डारीको सम्झनामा श्रद्धा सुमन व्यक्त गर्नुभएको थियो।

७२ औ जन्म जयन्तीको अवसरमा भएको अन्तरक्रिया कार्यक्रममा पार्टी जिल्ला सचिव भिमलाल अधिकारीले संचालन गर्नु भएको थियोे भने स्वागत तथा मदन भण्डारीको जिबनि पार्टी उप सचिव भिम कंडेलले राख्नु भएको थियोे ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win