+
+
-- Sponsored Ad --

आम जनताको पहुच पुग्ने गरी बजेट ल्याइएको छ : अर्थमन्त्री महत

237 पटक हेरिएको
Clock २०८० असार १५, शुक्रबार १८:२९
-- Sponsored --

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट मुलुकको आर्थिक वृद्धि गर्ने र त्यसमा आम नागरिकको पहुँच पुर्‍याउने गरी ल्याइएको दावी गर्नु भएको छ ।

शुक्रबार राष्ट्रियसभाको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

अर्थमन्त्री महतले बजेट संघीयता विरोध पनि नभएको जिकीर गर्नुभयो । धेरै आम्दानी गर्नेहरुलाई करको दायरामा ल्याउने काम बजेटमा गरिएको उल्लेख गर्दै उहाँले त्यसमा पनि असन्तुष्टि व्यक्त गर्नुको कुनै अर्थ नरहेको पटकपटक दोहोर्‍याउनुभयो ।

शब्दजालको कुरा भन्दा पनि आर्थिक वृद्धिको कुरालाई ध्यान दिएर सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको अर्थमन्त्री महतको भनाई थियो ।

अर्थमन्त्री महतले आगामी आर्थिक वर्षमा राजस्व बढ्ने दाबी समेत गर्नुभयो । राजस्व बढ्छ भन्ने अपेक्षाका साथ योजनाहरु बजेटमा उल्लेख गरिएको पनि उहाँले बताउनुभयो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win