+
+
-- Sponsored Ad --

नवलपुर काङ्ग्रेसले मनायो धान दिवस

278 पटक हेरिएको
Clock २०८० असार १५, शुक्रबार १८:३५
-- Sponsored --

१५ असार, कावासाेतीः  कृषि तथा भूमि शाखा नेपाली कांगे्रस नवलपुरले २० औँ राष्ट्रिय धान दिवस मनाएको छ ।

शुक्रबार असार १५ धान दिवसको अवसर कावासोती नगरपालिका १४, बगैँचामा धान रोपेर दिवस मनाइएको हो । कार्यक्रममा बोल्ने सबै वक्ताहरुले हरेक वर्ष धान दिवस मनाइरहदा किसानका समस्याहरु समाधान गर्न तर्फ उन्मुख हुनुपर्नेमा जोड दिएका छन् ।

उनीहरुले किसानले हरेक वर्ष मल अभाव, सिचाई अभाव, खडेरी, कहिले अत्याधिक वर्षका कारण खेतीबाली नष्ट हुने जस्ता प्राकृतिक प्रकोपबाट पिडित किसानलाई राहत दिनु पर्नेमा जोड दिएका हुन् ।

No description available.

यस्तै कार्यक्रममा बोल्ने वक्ताहरुले अहिलेको वर्ष खडेरीका कारण ढिलो विउ राख्नाले रोपाइ पछाडि धकेलिएको पनि बताएका थिए । कृषि तथा भूमि शाखाका संयोजक भिम नारायण रेग्मीको संयोजकत्वमा भएको रोपाई दिवशको कार्यत्रममा नेपाली कांग्रेसका नवलपुरका कार्यवाहक सभापति चन्द्र बहादुर राना, उप सभापति वाल कृष्ण घिमिरे, सचिव महेन्द्र पोखे्रल, कावासोती नगर सभापति शालिकराम ढकाल, नवलपुर क्षेत्र नं. २ का सभापति सुर्य गुरुङ, नवलपुर क्षेत्र नं. १ ‘ख’ सभापति हेम प्रसाद पाण्डे, २ ‘क’ का सभापति रामचन्द्र भण्डारीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ नवपुरका अध्यक्ष विरेन्द्र पराजुली, नेपाल प्रेस युनियन नवलपुरका अध्यक्ष खगराज सापकोटा, नेपाल विद्यार्थी संघ नवलपुरका अध्यक्ष हरि सुवेदी, नेपाल तरुण दलका केन्द्रिय सदस्य कृष्ण धरेल लगाएत नेपाली कांग्रेसका विभिन्न भातृसंगठन तथा सुवेच्छुक संघहरुका पदाधिकारी एवम प्रतिनिधिहरु र स्थानिय तथा किसानहरुको उपस्थित रहेको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win