+
+
-- Sponsored Ad --

क्यानको निर्वाचनका लागि माहोल बनाउदै पारस, भन्छन्: जिल्लादेखि नै संरचना बदल्नुपर्छ

156 पटक हेरिएको
Clock २०८० असार २८, बिहीबार १३:५९
-- Sponsored --

२८ असार, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले साउनमा हुने काठमाडौं जिल्ला क्रिकेट संघको निर्वाचनका लागि योग्यता पुगेका सम्बन्धित सबैलाई सदस्यता लिन र सदस्यता नवीकरण गर्न आग्रह गरेका छन् ।

पूर्वकप्तान पारसले बिहीबार सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै राष्ट्रिय खेलाडी, अम्पायर, स्कोरर, क्लब र स्टेक होल्डरलाई सदस्यता लिन आग्रह गरेका छन् । उनले भने,  ‘अहिलेको सबैभन्दा महत्वपूर्ण कुरा जिल्लाको चुनाव रहेकोले सम्पूर्ण राष्ट्रिय खेलाडी, अम्पायर, स्कोरर, क्लब र स्टेक होल्डरलारलाई आ-आफ्नो सदस्यता लिन आग्रह गर्दछु ।’

नेपाल क्रिकेट संघ क्यानको असार १५ गते खबसेको केन्द्रिय कार्यसमितिको बैठकले जिल्ला, प्रदेश र केन्द्रिय निर्वाचनको मिति तोकेपछि अहिले क्रिकेटको चुनावी माहोल बढेको छ ।

क्यानले असार १६ देखि साउन १० गतेसम्म साधारण सदस्यता वितरण गर्न जिल्ला संघलाई जिम्मेवारी दिने निर्णय गरेको थियो । त्यसै अनुसार काठमाडौं जिल्ला क्रिकेट संघले असार २६ गते सूचना जारी गर्दै सदस्यता लिन र नविकरण गर्न आग्रह गरेको थियो ।

जिल्ला क्रिकेट संघको निर्वाचन साउन मसान्तसम्म गर्नुपर्ने क्यानले जनाएको छ ।

प्रदेश निर्वाचन भदौ १० र केन्द्रीय निर्वाचन असोज ५ र ६ गते हुने तय गरिएको छ । क्यानले दिएको विधानको हक हितको प्रयोग गरेर जिल्ला देखि नै असल र राम्रो नेतृत्व छानेर नेपाली क्रिकेटलाई ठुलो उर्जा दिन पारसले आग्रह गरेका छन् ।

‘नेपाली क्रिकेट अघि बढ्न चाहन्छ भने हामीले जिल्ला देखि नै संरचना फेरबदल गर्नुपर्ने बेला आइसकेको छ । सबैलाई विधान अनुसार आफ्नो सदस्यता नविकरण गरेर नेपाली क्रिकेटलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्नु हुन हार्दिक अनुरोध गर्दछु’, पारसले भनेका छन् ।

सदस्यता प्राप्त गर्ने मापदण्डहरू :

क) नेपाल क्रिकेट संघ वा राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको राष्ट्रिय स्तरको सिनिएर क्रिकेट प्रतियोगितामा कम्तीमा तीन (३) वटा प्रतियोगिता खेलेको खेलाडी (महिला र पुरुष । उक्त तीन (३) वटा खेल एक (१) वर्ष भित्रको नभै फरक फरक वर्षमा खेलिएको हुनु पर्नेछ । जुन जिल्लाबाट प्रतियोगिता खेलेको हो सोही जिल्लाबाट सदस्यता लिनु पर्नेछ । यस उपधारा बमोजिम सदस्यता प्राप्त गर्ने खेलाडीले कार्य समितिको निर्वाचन हुन अगावैको कम्तीमा दुई बर्षको अवधिमा भएको राष्ट्रिय टोलीमा सहभागी नभएको अवस्थामा मात्र कार्य समितिको पदाधिकारी वा सदस्यको रुपमा निर्वाचित हुन सक्नेछ ।

ख) अन्तराष्ट्रिय क्रिकेट खेलमा भाग लिएको प्रमाण पेश गर्न सक्ने पुर्व क्रिकेट खेलाडी (महिला र पुरुष) ।

ग) आई.सि. सी. ए.सी.सी र संघद्धारा मान्यता प्राप्त अन्य कुनै संस्थाबाट कम्तीमा एक (१) श्रेणीको क्रिकेट खेलको प्रमाणपत्र प्राप्त गरेको अम्पाएर वा निर्णायक वा स्कोरर वा प्रक्षिशक ।

घ) नेपाल क्रिकेट संघद्वारा आयोजित विगत आठ (८) वर्षमा कम्तीमा दुई (२) वटा जिल्ला स्तरीय क्रिकेट खेलमा सहभागी भएको प्रमाणको रुपमा प्रमाणीत टाईसट प्रमाणपत्र वा स्कोरसिट पेश गर्ने दर्ता भएको वा नभएको क्लव दर्ता नभएको क्लवले सदस्यता प्राप्त गरेको छ (६) महिना भित्र सम्बन्धित स्थानिय तहको कार्यलयमा दर्ता हुनु पर्नेछ । दर्ता हुन नसकेको अवस्थामा सदस्यता स्वतः खारेज हुनेछ ।

ङ) जिल्ला प्रदेश वा केन्द्रीय कार्य समितिमा कम्तीमा दुई पुर्ण कार्यकाल सेवा प्रदान गरेको व्यक्ति ।

च) नेपाली नागरीकलाई मात्र सदस्यता प्रदान गरिनेछ । साधारण सदस्यहरुले देहाय बमोजिमको प्रवेश शुल्क र वार्षिक सदस्यता नविकरण शुल्क :

क) व्याक्तिगत साधारण सदस्यले प्रवेश शुल्क स्वरुप रु ५०० (पाँच सय) र वार्षिक साधारण सदस्यता नविकरण शुल्क स्वरुप रु २५० (दुई सय पचास) तिर्नु पर्ने छ ।

ख) संस्थागत साधारण सदस्यले प्रवेश शुल्क स्वरुप रु ५००० (पाँच हजार) र वार्षिक साधारण सदस्यता नविकरण शुल्क स्वरुप रु १००० (एक हजार तिर्नु पर्नेछ ।

नोट: माथि उल्लेखित योग्यता पुगेका व्यक्ति तथा क्लबहरुले सदस्यता लिनु आउँदा योग्यता पुगेको प्रमाणको सक्कली पेश गर्नु पर्नेछ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win