0 प्रतिक्रिया
ट्रेड युनियन नवलपुरले बुझायाे प्रमुख जिल्ला अधिकारीमार्फत श्रम मन्त्रालयलाइ पाँच बुँदे माग सहितकाे ज्ञापनपत्र
नेपाल ट्रेड यूनियन काँग्रेस नवलपुरले प्रमुख जिल्ला अधिकारी मार्फत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ ।
बिहीबार नेपाल ट्रेड यूनियन काँग्रेस नवलपुरका अध्यक्ष गंगाधर सुवेदीको नेतृत्वको टोलीले पाँच बुँदे माग सहित श्रम मन्त्रालयलाई प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ मार्फत ज्ञापन पत्र बुझाइएको हो ।

ट्रेड युनियनले कांगे्रसले न्यूनतम पारिश्रमिक २५ हजार कायम गरिनु पर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा अनिवार्य लागु गरिनु पर्ने, स्थानीय तहमा श्रमिकहरुको पञ्जिकरण गरिनु पर्ने, श्रम आयोग गठन गरिनु पर्ने, नीति निर्माण तहमा श्रमिकको र प्रतिनिधित्व व्यवस्था गरिनु पर्ने माग राखेको छ ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले श्रमजिविहरुको माग सम्बोधन हुने गरी यथाशिघ्र उक्त पत्र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाउने बताउनुभयो ।
आकासिदो वर्तमान अवस्थामा सबै क्षेत्रका श्रमिकहरुलाई एकरुपता कायम हुने गरी न्यूनतम पारिश्रमिक २५ हजार निर्धारण नभए श्रमजिवीहरुको हकहित र अधिकारकालागि नेपाल ट्रेड युनियन काँग्रेस कडा भन्दा कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।
ज्ञापन पत्र बुझाउने कार्यक्रममा नेपाल ट्रेड युनियनका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी एवम् प्रतिनिधिको उपस्थिति रहेको थियो ।



