+
+
-- Sponsored Ad --

ड्राइभिङ लाइसेन्स सबै प्रदेशमा छपाइको व्यवस्था गरिनेछ : मन्त्री राई

283 पटक हेरिएको
Clock २०७९ श्रावण ३, मंगलवार १४:१०
-- Sponsored --

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले स्मार्ट ड्राइभिङ लाइसेन्स सबै प्रदेशमा छपाइ गर्ने व्यवस्था गरिने बताउनुभएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको टोलीसँग मंगलबार मन्त्रालयमा भएको छलफलमा मन्त्री राईले स्मार्ट ड्राइभिङ लाइसेन्स र इम्बोस्ड नम्बर प्लेटबारे अनुसन्धान गर्न बनेको समितिको प्रतिवेदन केही दिनमा नै आउने बताउनुभयो ।

मन्त्री राईले समितिको प्रतिवेदन आएपछि स्मार्ट ड्राइभिङ लाइसेन्सको समस्या समाधानका लागि सुदूरपश्चिम र कर्णालीमा एक, गण्डकी र लुम्बीनीमा दुई र प्रदेश १ र मधेश प्रदेशलगायतका सबै प्रदेशमा एकएक स्थानमा गरी स्मार्ट लाइसेन्स छपाइ गर्ने बताउनुभयो ।

उहाँले सबै प्रदेशमा स्मार्ट लाइसेन्स छपाइको मेसिन राखेर सम्बन्धित प्रदेशले नै लाइसेन्स छाप्नसक्ने व्यवस्था गर्ने बताउनुभयो । मन्त्री राईले यो व्यवस्थाका लागि मन्त्रालयसँग पर्याप्त बजेट नभएको पनि बताउनुभयो ।

मन्त्री राईले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय संघीयता कार्यान्वयन भएसँगै सम्पूर्ण यातायात सम्बन्धित कामहरू अहिले अन्तर प्रदेशका क्षेत्राधिकारभित्र पर्ने भए पनि काठमाडौं महानगरका मेयरले प्रत्येक सवारी साधनहरूमा जीपीएस सिस्टम जडानका विषयमा बुझ्न मन्त्रालय आएको बताउनुभयो ।

मन्त्री राईले सबै सवारी साधनमा जीपीएस सिस्टम जडान गरी जथाभावी सवारी चलाउने, सुरक्षित गन्तव्यमा पुग्ने गरी मोनिटरिङ गर्नसक्ने मेकानिजम बनाउने मेयर साहको चाहना देखिएकाले मन्त्रालयले कानूनी रूपमा प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिवद्धता आफूले जनाएको बताउनुभयो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win