+
+
-- Sponsored Ad --

मुडुल्ला बाँस र बुडा सुब्बाको रहस्य

239 पटक हेरिएको
Clock २०८० असार २९, शुक्रबार १२:४२
-- Sponsored --

काठमाडौँ– बुढा सुब्बा मन्दिर वा बुढा सुब्बा नेपालको पूर्वमा अवस्थित सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाको बिजयपुरमा रहेको छ।

 दन्तकाली देखि केही पूर्व सेउती खोलाको डिलमाथि रहेको उक्त स्थानमा टुप्पा नभएका बाँसहरू पाइन्छन् जसलाई बूढासुब्बाले गुलेलीले मट्याङ्ग्रा हानेर टुप्पा भाचिदिएको भन्ने मान्यता  रहि आएको यहाँका स्थानियले बताँउछन् । धरान बिजयपुरको बूढासुब्बा स्थान किराती तथा गैरकिरातीहरूका लागि महत्त्वपूर्ण मन्दिर मानिन्छ। 

Photo
यहाँ किराती तथा गैरकिरातीहरू मात्र नभई देशका विभिन्न कुनामा बसोबास गर्ने मानिसहरु आउने गरेका छन् । बाह्रै महिना भक्तजनहरुको घुईचो लाग्ने यस बूढासुब्बा मन्दिरभित्र दुईवटा माटाका ढिस्काहरु छन् जसलाई बूढासुब्बाको रूपमा पूजा आजा गर्ने चलन छ। त्यी ढिस्का नै बुढासुब्बाको समाधीस्थल हो। यो मन्दिरको थप विशेषता भनेको टुप्पो नभएको बाँसहरूको बीचमा रहनु पनि हो। बूढासुब्बा मन्दिरमा प्रत्येक शनिवारका दिन ठूलो भिडभाड हुने गर्दछ। उक्त दिन बूढासुब्बालाई कुखुराका भाले र सुँगुरको बलि दिने गरिन्छ। नेपालका विभिन्न स्थानमा बसोबास गर्ने जाति जनजति आफ्नो मनोकामना सिद्धिका लागि भाकल गर्ने र सो प्राप्त भएमा पशुबलि चढाउने प्रथा रहिआएको पाइन्छ। विशेष गरी शनिवारका दिन कुखुरा, सुँगुर, आदि बली दिएर पूजा अर्चना गर्ने देश विदेशका भक्तजनहरूको घुईंचो लाग्ने गर्दछ।

२०१५ देखि बुढासुब्बा मन्दिरमा पूजा हुँदै आएको बुझिन्छ ।

Photo

-निशा ढकाल

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win