एन सञ्चार अनलाईन संवाददाता, साउन ९, कावासोति : यसअगाडि असारको अन्त्यसम्ममा ९० प्रतिशत भन्दा धेरै जमिनमा रोपाई भै सक्ने गण्डकी प्रदेशमा यसपालि भने अहिलेसम्म करिब ७५ प्रतिशत मात्रै रोपाई सकिएको छ ।
अधिकांश खेत वर्षामा निर्भर रहेको गण्डकी प्रदेशमा हालसम्म ७५ प्रतिशत रोपाइँ पूरा भएको कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक वासुदेव रेग्मीले एनसञ्चार अनलाईनलाई बताएका छन् । उनका अनुसार असार १५ गतेसम्म १८ प्रतिशत मात्रै रोपाई भएको भए पनि वर्षाको क्रम बढेपछि असार १५ यता रोपाई बढेको हो ।
११ जिल्लाहरू रहेको गण्डकी प्रदेशका नौ वटा जिल्लाहरूमा मात्रै धान खेती हुने गरेको छ । जसमध्ये अहिलेसम्म सबैभन्दा बढी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुर र कास्की जिल्लामा सबैभन्दा बढी ९० प्रतिशत रोपाइ भएको निर्देशनालयका महानिर्देशक रेग्मीले बताए ।
यससवर्ष नवलपुरमा मात्रै १८ हजार आठ १६ हेक्टर क्षेत्रफलमा रोपाइ हुने अनुमान गरिएकोमा १६ हजार नौ सय ३४ हेक्टर क्षेत्रफलमा रोपाई भएको छ । प्रदेशका हिमाल पारीको जिल्लाका रूपमा चिनिने मनाङ र मुस्ताङमा भने धान खेती हुँदैन । प्रदेशमा उत्पादनयोग्य भूमि ४ लाख ७९ हजार ६ सय १७ हेक्टर रहेको भए पनि गत वर्ष १ लाख ४ हजार ६ सय २३ हेक्टर क्षेत्रफलमा धान रोपिएको र यो वर्ष ९७ हजार ८ सय ५१ हेक्टर क्षेत्रफलमा धान रोप्ने अनुमान रहेको छ । धान खेतीका लागि योग्य जमिन भएर पनि विविध कारणले वर्षेनि ४÷५ प्रतिशत खेत बाँझो रहने गरेको छ । गण्डकीमा करिब ३ लाख मेट्रिक टन भन्दा बढि धान फल्ने गरेको निर्देशनालयको भनाई छ ।
यसैबिच गएराति देखि नै लगातार जसो परिरहेको वर्षाका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुसहित नवलपु जिल्लाको तराईभेगका सडक पेटिहरुमा बगेको भलले सर्वसाधारण देखि स्थानिय व्यपारि समेत मारमा परेका छन् । कावासोति नगरपालिका वडा नं. ३ मा रहेको सभापति चोक देखि जिल्ला प्रसाशन कार्यालय सम्म जाने बाटोको दायाँ बायाँ भएर बगिरहेको पानिले उक्त सडक वरपर व्यापार गर्ने ब्यवसायि, पैदल यात्रु सबैलाई समस्या परेको स्थानियको भनाई छ ।

file photo
सभापति चोकमै लामो समय देखि सुनचाँदि ब्यवसाय सञ्चालन गर्दै आएका राजु सदाशंकरले एन सञ्चार अनलाईनसँग भने ः हाईवे(पूर्वपश्चिम लोकमार्ग) बढाईँदै छ यो राम्रो भयो, विकास हुँदै गर्दा केहि समस्या त आउँछन् नै तर स्थानिय सरकारले यि भित्रिबाटोहरुको पनि पानि बग्ने नाला बरोबर बनाउन सके उक्तम हुनेथियो । विषेश गरि पैदल यात्रागर्नेहरुलाई हिलो पानि छ्यापिने, सवारि चलाउँदा धमिलो पानिका कारण खाल्डाखुल्डि नदेखिने हुँदा दुर्घटनाको जोखिम समेत बढि भएको स्थानियको भनाई छ । दिउँसोबाट भने कावासोति आसपासको क्षेत्रमा घाम लागेको छ।
अविरल वर्षाकै कारण सिद्धार्थ राजमार्ग, पाल्पा–गुल्मी र कालीगण्डकी करिडोर सडकअन्तर्गतका सडकका ठाउँठाउँमा पहिरो खस्दा मंगलबार बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले एनसञ्चार अनलाईनलाई जनाएको छ । बुटवलको सिद्धबाबा खण्डमा ठूलो पहिरो खसेको र पहिरो खुलाउन निकै समय पनि लाग्न सक्ने प्रहरीले बताएको छ । ढुंगासहितको पहिरो खसेको र निरन्तर वर्षाले पनि जारि रहेकोले सफा गर्न समस्या भएको हो ।

