+
+
-- Sponsored Ad --

लगातारको वर्षाले देशका विभिन्न स्थान डुबानमा

266 पटक हेरिएको
Clock २०८० श्रावण ९, मंगलवार १४:३८
Dang Duban-5
-- Sponsored --

साउन ९, दाङ : भारी वर्षाका कारण देशका विभिन्न स्थाहरु डुबानमा परेका छन् । गएरातिदेखि लगातार परेको पानीका कारण दाङको देउखुरीका लमही नगरपालिका, गढवा र राजपुर गाउँपालिकाका विभिन्न ठाउँहरु डुबानमा परेको जिल्ला आपतकालीन कार्य संचालन केन्द्रले जनाएको छ । लमहीको सुनडबरी, राजपुर ५ भुर्कीहवामा केही घर ठाउँ डुबानमा परेको केन्द्रले जानकारी दिएको छ ।

त्यस्तै लमही( ३ कौडिया ९कान्तिपुर गाउँ०का घर डुबान परेका र दुईवटा घरबाट सशस्त्र प्रहरी बल नं। ४१ रिजर्भ गण अर्जुनखोला ९कपिलवस्तु०ले उद्धार गरेको छ । रिजर्भ गण अर्जुनखोलाका प्रमुख पुरन भट्टको टोलीले उद्धार गरी सुरक्षित स्थानमा लगेको छ ।

Dang Duban

त्यस्तै देउखुरीमा खहरे खोलामा बाढी आउँदा बस्तीहरु जोखिममा परेका छन् । कौडिया खोला र सिंगे खोलामा बाढी आउँदा तल्लो तटीय क्षेत्रमा रहेका बस्ती डुबानको उच्च जोखिममा छन् । अहिले पनि पानी परिरहेकाले दिनभर सतर्क रहन अपिल गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले सार्वजनिक सूचना जारी गर्दै पछिल्लो समयमा भारी वर्षा भएका कारण राप्ती र बबईलगायत अन्य‍ नदीहरूको जलसतह बढ्न सक्ने भन्दै सतर्क रहन अपील गरेको छ । दाङका बगासोती, लालमटिया, घोराही, शुक्रबारे, भालुबाङ, लमही, रातामाटा लगायत स्थानमा भारी वर्षा मापन भएको छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win