गैडाकोटमा घरबाहिर निस्कन र हिँडडुल गर्न प्रतिबन्ध, औषधी उपचार र दुध तथा पानी खरिद बिक्रि गर्न मात्र पाईने

गैँडाकोट नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा पूर्णरुपमा बन्द गरिने भएको छ । गैँडाकोटमा जेठ ३ गते राती १२ बजेदेखी १० गते राती १२ बजेसम्म एक हप्ता अत्यावश्यक बाहेकका सेवा बन्द गर्न लागिएको गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले जानकारी दिनुभयो । जिल्लामा निषेधाज्ञा जारी रहेको अवस्थामा गैँडाकोटमा थप कडाई गर्न लागिएको हो । नगरपालिकामा औषधी उपचार गर्न र दुध तथा पानी खरिद बिक्रि गर्न बाहेक कोहीपनि घरबाहिर निस्कन र हिँडडुल गर्न प्रतिबन्ध लगाईएको छ । औषधी तथा दुध र पानी बिक्रि वितरण गर्ने पसलहरु बाहेक अन्य व्यापार व्यवसाय लगायत सम्पूर्ण क्रियाकलापहरु बन्द गर्ने जनाईएको छ । नगर स्तरिय विपद् व्यवस्थापन समितिको आईतबार बसेको बैठकले सो निर्णय गरेको हो । त्यस्तै गैँडाकोट नगरपालिका कार्यालय र वडा कार्यालयबाट प्रदान गरिने सेवाहरु मध्ये स्वास्थ्यसँग सम्बन्धित सेवा र फोहरमैला व्यवस्थापन गर्ने कार्य बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरिएको समितिका सदस्य ईश्वरीप्रसाद चापागाईले जानकारी दिनुभयो । नगरपालिका क्षेत्रभित्र सञ्चालित बैंक तथा सहकारी समेतका वित्तीय संस्था न्युनतम कर्मचारीको उपस्थितिमा हप्ताको दुई दिन सोमबार र विहिबार १० बजेदेखी १२ बजेसम्म २ घण्टा मात्र खुल्ला रहने गरि व्यवस्था मिलाउन भनिएको छ । एम्बुलेन्स, शववाहन, दुध र पानी ढुवानी गर्ने सवारी साधन, औषधी उपचारजन्य सामाग्री ढुवानीमा प्रयोग भएका सवारी साधन बाहेक अन्य कुनैपनि सवारी साधन चलाउन नपाईने उल्लेख गरिएको छ । त्यस्तै विवाह, व्रतबन्ध, पूजाआजा तथा अन्य चाडपर्व मनाउने जस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रममा समेत रोक लगाईएको छ । मृत्यु संस्कारमा १५ जना भन्दा वढि मलामी नजान र जानुपरेमा स्वास्थ्य सुरक्षा मापदण्डहरु अनिर्वाय गरिएको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 108 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *