+
+
-- Sponsored Ad --

लघुवित्त पीडित र प्रहरीबीच संसद भवन अगाडि धकेलाधकेल

230 पटक हेरिएको
Clock २०८० श्रावण १०, बुधबार १६:३७
biii
-- Sponsored --

साउन १०, काठमाण्डौ : लघुवित्तीय संस्थाविरूद्ध प्रदर्शनमा उत्रिएका पीडित र प्रहरीबीच धकेलाधकेल भएको छ।

आज बिहान माइतिघरबाट प्रदर्शन गर्दै नयाँ बानेश्वरस्थित संसद भवन घेराउ गर्ने पुगेका प्रदर्शनकारीहरूलाई प्रहरीले रोक्न खोजेपछि धकेलाधकेल भएको हो।

प्रदर्शनकारीहरू निषेधित क्षेत्रतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोक्ने क्रममा केहीबेर धकेलाधकेल भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका निमित्त प्रवक्ता डिएसपी अनिल अधिकारीका अनुसार केही प्रदर्शनकारीहरूलाई संसद भवनको तीन नम्बर गेटबाट पक्राउ गरिएको छ।

निषेधित क्षेत्रबाट अगाडि बढ्न खोज्दा प्रदर्शनकारी र प्रहरीबीच एकछिन धकेलाधकेल भएपनि अहिले स्थिति सामान्य रहेको डिएसपी अधिकारीले बताए।

लघुवित्तीय संस्थाविरूद्धको संघर्ष समिति नेपाल केन्द्रीय समितिले विभिन्न माग राखेर काठमाडौंमा प्रदर्शन गर्दै आएको छ।

लघुवित्त संस्थाहरू खारेज गर्नुपर्ने, संस्थाले लगाएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, गरिब किसानहरूलाई ऋण निस्शुल्क प्रदान गर्नुपर्ने उनीहरूको माग छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win