+
+
-- Sponsored Ad --

९ बुँदे मागसहित डोजर तेर्स्याएर निर्माण व्यवसायीको प्रदर्शन

277 पटक हेरिएको
Clock २०८० श्रावण १६, मंगलवार १०:२२
nirman-byawasayi-fcan-protest
-- Sponsored --

साउन १६, काठटमाण्डौ : निर्माण व्यवसायीहरूले निर्माण यन्त्र र औजार सहित बालुवाटारमा प्रदर्शन गरेका छन् । मंगलवार उनीहरूले ४वटा डोजर सहित बालुवाटारमा प्रदर्शन गरेका हुन् ।

nirman-byawasayi-fcan-protest-2

प्रधानमन्त्री र केन्द्र सरकारको ध्यानाकर्षण गर्नको लागि बालुवाटारमा धर्ना दिइएको जारी विज्ञप्तिमा उल्लेख छ । व्यवसायीहरूले केही दिनयता निर्माण कार्यमा भुक्तानी र म्याद थप लगायतका ९ बुँदे मागसहित आन्दोलन गर्दै आएका छन् ।

प्रदर्शनमा व्यवसायीहरूले बीमा निर्देशिका २०७८ खारेज गर्नुपर्ने, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर्नुपर्ने, विभिन्न निकायमा काम गरे बापतको रकम तुरुन्त भुक्तानी गर्नुपर्ने लगायतका नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win