+
+
-- Sponsored Ad --

कोरोना नियन्त्रणमा खर्च गर्न अर्थ मन्त्रालयद्वारा ४ अर्ब बढीको सहमति

605 पटक हेरिएको
Clock २०७८ जेष्ठ २, आईतवार २२:१९
-- Sponsored --

काठमाडौं : अर्थ मन्त्रालयले कोरोना रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरूको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि खर्च गर्न चार अर्बभन्दा बढीको सहमति दिएको छ।

 

 

अर्थ मन्त्रालयले कोरोनाविरुद्ध खर्च गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आइतबार चार अर्ब ३१ करोड ८५ लाख ६० हजार रूपैयाँको सहमित दिएको हो।

अर्थले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख रूपैयाँको सहमति दिएको जनाएको छ।

यस्तै केन्द्रीय र प्रदेशिक गरी २५ वटा अस्पताललाई एचडीयू स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिइएको छ।

कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरुप सो स्रोत सुनिश्चित गरेको अर्थ मन्त्रालयले जनाएको छ। 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win