+
+
-- Sponsored Ad --

महिला विश्वकप फुटबलमा आजदेखि अन्तिम १६ का खेल/स्पेन क्वार्टरफाइनलमा

231 पटक हेरिएको
Clock २०८० श्रावण २०, शनिबार १५:५१
spain
-- Sponsored --

साउन २०, काठमाण्डौ : फिफा महिला विश्वकप फुटबलमा आजदेखि प्रि क्वाटरफाइनल अर्थात् अन्तिम १६ का खेल हुँदैछन् । दुईखेल मध्ये आज भएको पहिलो खेलमा स्पेन क्वार्टरफाइनलमा पुगेको छ । न्युजिल्याण्डको इडेन पार्कमा भएको खेलमा स्पेनले स्विटजरल्याण्डलाई ५–१ गोलले हराएको हो ।

खेलको ११ औँ मिनेटमा स्पेनकी लिया कोडिनाले आत्मघाती गोल गरेपछि स्विटजरल्याण्डले अग्रता बनाएको थियो तर, त्यसपछि स्विटजरल्याण्डले एक गोल पनि गर्न सकेन भने स्पेनले पाँच गोल गर्यो । स्पेनका लागि ऐतना बोन्मतीले दुई गोल गरिन् । समूह ‘ए’ बाट स्वीट्जरल्याण्ड समूह विजेता बन्दा स्पेन समूह ‘सी’ मा उपविजेता बनेको थियो ।
अहिले जापान र नर्वेले खेलिरहेका छन् । जापान समूह ‘सी’ को विजेता र नर्वे समूह ‘ए’ को उपविजेता टोली हो । महिला विश्वकप फुटबलमा ३२ देश सहभागी रहेकोमा १६ वटा टोली प्रि–क्वाटरफाइनलमा पुगेका छन् । न्युजिल्याण्ड र अष्ट्रेलियाले संयुक्त रुपमा आयोजना गरेको यो प्रतियोगिता अगस्ट २० तारिखसम्म चल्नेछ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win