+
+
-- Sponsored Ad --

आउँदो भदौ २२ सम्म आवेदन दिएर कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा सहभागि हुन सकिने

272 पटक हेरिएको
Clock २०८० श्रावण ३१, बुधबार १२:४५
NEB b
-- Sponsored --

साउन ३१, काठमाडौं : कक्षा १२ को ग्रेडवृद्धि (पुरक परीक्षा) असोज ६ र ७ गतेका लागि तय भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै पूरक परीक्षामा सहभागी हुने विद्यार्थीलाई भदौ ३१ गतेसम्म आवेदन फाराम भरिसक्न आग्रह गरेको छ।

पहिलो दिन असोज ६ गते अनिवार्य अंग्रेजी र एक विषयमा परीक्षा दिने सबै परीक्षार्थीहरूका सबै विषयको परीक्षा हुनेछ। दोस्रो दिन असोज ७ गते दुई विषयमा परीक्षा दिने विषयहरूमध्येको बाँकी रहेको विषयको परीक्षा सञ्चालन हुनेछ।

ग्रेडवृद्धि परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले भदौ २२ भित्र बोर्डको खातामा ६ सय रूपैँया परीक्षा शुल्क बुझाइसक्नुपर्नेछ। सो अवधिभित्र रकम जम्मा गर्न छुटेकाले भदौ ३१ गते भित्र दोब्बर दस्तुर १ हजार २ सय रूपैयाँ जम्मा गरेको भौचरसहित आवेदन फाराम बझाइसक्नुपर्नेछ।

परीक्षा केन्द्र पछि तोक्ने बोर्डले जनाएको छ। कुनै आकस्मिक बिदा पर्न गएमा समेत परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाविना परीक्षा स्थगित नगरिने बोर्डले जानकारी दिएको छ। ०८० जेठमा सञ्चालित कक्षा १२ को परीक्षाफल मंगलबार सार्वजनिक भएको थियो।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win