Warning: Attempt to read property "slug" on string in /home/asoftcom/nsancharonline.com/wp-content/themes/bishwasanchar/functions.php on line 85
संस्कृत विश्वविद्यालयमा अखिल क्रान्तिकारीद्धारा तालाबन्दी संस्कृत विश्वविद्यालयमा अखिल क्रान्तिकारीद्धारा तालाबन्दी - N. SANCHAR NEWS - एन सञ्चार न्युज
+
+
-- Sponsored Ad --

संस्कृत विश्वविद्यालयमा अखिल क्रान्तिकारीद्धारा तालाबन्दी

185 पटक हेरिएको
Clock २०८० भाद्र ५, मंगलवार ११:१०
sanskriti-university-dang
-- Sponsored --

भदौ ५, दाङ  : दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयमा पुनः ताला लागेको छ । नेपाली कांग्रेस सम्बद्ध नेविसंघले लगाएको ताला दुई महिनापछि खुलेको हप्ता दिन पनि नपुग्दै नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीले ताला लगाएको हो ।

यसअघि नेविसंघसँग विश्वविद्यालयले सेवा आयोगले लिने परीक्षाहरु लोक सेवा आयोगलाई दिने सहमति गरेपछि ताला खुलेको थियो । तर अखिल क्रान्तिकारीले भने विश्वविद्यालयको सेवा आयोगको अधिकार लोक सेवा आयोगलाई दिन लागेकोप्रति आपत्ती जनाउँदै ताला लगाएको हो । अखिल क्रान्तिकारीले सोमबार विश्वविद्यालयको केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको छ । अखिल क्रान्तिकारीका विष्णु चौधरी, अभयप्रताप चौबे र गणेश पौडेलले सोमबार प्रेस विज्ञप्ति जारी गरी नेपाल विद्यार्थी संघसँग भएको सम्झौता रद्द गर्न माग गरेका छन् ।

बिभिन्न निहुँमा विद्यार्थीहरुले तालाबन्दी गर्दा संस्कृत विश्वविद्यालयको कामकारबाही प्रभावित हुँदै आएको छ । यसअघि नेविसंघको दाङ जिल्ला समितिले गत असार ९ गते सेवा आयोगको कार्यालय र १२ गते आयुर्वेद अध्ययन संस्थान डिनको कार्यालयमा ताला लगाएको थियो ।

त्यस्तै असार ३ गते विश्वविद्यालयको केन्द्रीय कार्यलयमा आयुर्वेद विद्यापीठ स्वतन्त्र विद्यार्थी युनियनले ताला लगाएको थियो । दुई विद्यार्थी संगठनले लगाएको ताला ६ दिनअघिमात्र खोलिएको थियो ।

यसअघि विश्वविद्यालयको सेवा आयोगको कार्यालयमा तालाबन्दी हुँदा असार २१ गते हुने भनिएको उपप्राध्यापक र वरिष्ठ प्रशिक्षक र असार २७ देखि हुन थालेका सहप्राध्यापकका परीक्षाहरु स्थगित भएका थिए । सेवा आयोगमा लगाइएको ताला खुलेपछि आइतबार आयोगले कर्मचारी र प्रध्यापकका परीक्षाको सूचना प्रकाशित गरेको थियो । परीक्षाको सूचना प्रकाशित भएपछि अखिल क्रान्तिकारीले तालाबन्दी गरेको हो ।

सेवा आयोगको निष्पक्षतामाथि प्रश्न उठेका बेला कुनै छानबिन नगरी परीक्षाको सूचना सार्वजनिक गरिएकोमा आपत्ति जनाउँदै अखिल क्रान्तिकारीले तत्काल कुनै काम नगर्न चेतावनी दिएको छ । तालाबन्दीपछि विश्वविद्यालयका सबै कामहरु ठप्प भएको विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले बताए ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win