+
+
-- Sponsored Ad --

राष्ट्रपतिले गरेको कैद मिनाहाप्रति एमाले अध्यक्ष ओलीको कटाक्ष, यो देशमा न्याय छैन ?

309 पटक हेरिएको
Clock २०८० आश्विन १६, मंगलवार १४:५१
-- Sponsored --

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको अवसर पारेर कैदीलाई दिइएको आम माफीको बिरोध जनाएका छन ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै ओलीले संविधान दिवसका अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ज्यान मुद्दामा सजाय पाएका नेपालगञ्जका योगराज ढकाल रिगलको कैद माफी गरिदिएको प्रति प्रश्न उठाएका हुन ।

ओलीले एसिड आक्रमण गर्नेलाई अदालतले १० वर्ष सजाय तोकेपनि सरकारले छोडेकोप्रति पनि आपत्ति जनाए । उन्ले एसिड आक्रमण पीडित मुस्कान खातुनलाई सरकारले उपचार खर्चसमेत नदिएको बताएका छन।  हिंसात्मक घटनालाई प्रोत्साहित गर्नेगरी अपराधीलाई कैद मिनाहा गरेको ओलीकाे जिकिर छ ।

उन्ले यो देशमा न्याय छैन की यही हो न्याय ? भन्दै प्रश्न समेत गरे । अध्यक्ष ओलीले कानून नमान्ने भए अपराधीका लागि कानूनमा यति सजाय भनेर किन तोक्नुपर्छ भन्दै प्रश्न गरे ।

याे पनिः फागुन १ को बिदा तत्काल फिर्ता लिनुस्, नत्र थप कदम चाल्न बाध्य हुन्छौं’

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन १ मा बिदा दिने निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेका छन्। 

प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आउँदो मन्त्रिपरिषद बैठकबाटै बिदाको निर्णय फिर्ता लिन आग्रह गरे। 

‘फागुन १ को बिदा मान्य छैन। खाटा बसेको घाउमा किन नुनचुक लगाउने? हिंसा सुरु भएको दिनलाई किन बिदा दिएर उत्सव मनाउने? शहीद परिवार, तिनका बच्चाबच्चीको हेरविचार नगर्ने, घाइतेको करा नसुन्ने अनि बिदा किन दिएको ?’ ओलीले भने, ‘आगामी मन्त्रिपरिषद बैठकबाट यसलाई फिर्ता गर्नुस्। बट–इफ छैन । यदि फिर्ता लिनुभएन भने युद्ध त्याग्नुभएको छैन भन्ने प्रष्ट हुन्छ।’

उनले बिदा फिर्ता नभए थप कदम चाल्न बाध्य हुने चेतावनी पनि दिए।  आफ्नै समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेको भन्दै ओलीले आफूले फागुन १ मा बिदा नदिन भन्दा पनि उनले नमानेको बताए।

‘मैले उहाँलाई स्पष्ट रुपमा बिदा दिने निर्णय नगर्नुस् भनेको थिएँ। उहाँले मैले देउवाजी (शेरबहादुर देउवा) सँग कुराकानी गरिसकेको छु, उहाँले मानिसक्नुभयो। म अगाडि बढेँ भन्नुभयो।’ ओलीले भने, ‘कांग्रेसका पनि ४–५ सय कार्यकर्ता त रेटिएका होलान् । अनि के के उत्सव मनाउन खोजेको ?’

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win