Warning: Attempt to read property "slug" on string in /home/asoftcom/nsancharonline.com/wp-content/themes/bishwasanchar/functions.php on line 85
अर्जुनचौपारिमा पहिलो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव हुदै। अर्जुनचौपारिमा पहिलो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव हुदै। - N. SANCHAR NEWS - एन सञ्चार न्युज
+
+
-- Sponsored Ad --

अर्जुनचौपारिमा पहिलो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव हुदै।

1,038 पटक हेरिएको
Clock २०८० मंसिर १६, शनिबार ०८:४६
-- Sponsored --

दिपक विश्वकर्मा स्याङ्जा :  स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम राष्ट्रपति कप तथा शैक्षिक महोत्सव हुने भएको छ ।

महोत्सव  मङ्सिर १९ देखि २२ गतेसम्म सञ्चालन हुने वताइएकाे छ । खेलकुद तर्फ भलिबल, एथलेटिक्स, सटफुट हाइजम्प, लङजम्प, त्रिपल जम्प भलिबल छात्र—छात्रा हुनेछ भने हाजिरीजबाफ, चम्चारेस, म्युजिकल चियर, डोरी तान्ने, स्याक रेस लगायतका प्रतिस्पर्धा हुने  तथा पालिका भित्र रहेका विद्यालयका विद्यार्थीले आफुमा भएको क्षमता तथा कला प्रदर्शनी गर्ने अर्जुनचौपारि गाउँपालिकाका प्रमुख  प्रकाश तिवारीले जानकारी दिए ।

पालिका भित्र रहेका सामुदायिक तथा निजि विद्यालयहरुका विद्यार्थीहरुमा भएको सीप कला तथा गलाको प्रस्तुति हरूकाे सम्मान स्वरूप  विद्यार्थीहरुमा सदैव अगाडि बढ्ने हौसला मिलोस भनी कार्यक्रम आयोजना गर्न लागिएकाे   गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष शर्माले जानकारी दिए।

राष्ट्रपति कप तथा शैक्षिक महोत्सवमा ६ माध्यमिक विद्दालय तथा सामुदायिक तथा निजि गरि २८ विद्यालयका ३३० जना विद्यार्थी सहभागी हुनेछन।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win