काठमाडौं । हरेक जीवका लागि पानी अतिआवश्यकीय वस्तु हो । हामी पानी बिनाको जीवन कल्पना समेत गर्न सक्दैनौँ । तर हामीलाई हाम्रो शरिरमा कति पानीको आवश्यक हुन्छ र त्यसलाई सही तरिकाले कसरी पिउने भन्नेबारे ज्ञानको समेत अभाव देखिन्छ । अन्य खानेकुरा जस्तै पानी पनि मात्रा मिलाएर खान नसकेमा त्यसले शरिरलाई चाहिने आहार नदिन सक्छ । नियमित उपयुक्त समयमा प्रशस्त पानी पिउनाले हामीलाई विभिन्न रोग लाग्नबाट समेत बच्न सकिन्छ ।

यदी सही समयमा नियमित पानी पिउन सकिएमा त्यसले औषधीको काम गर्ने विज्ञहरु बताउँछन् । प्रायजसो मानिसहरु खाना खाइसकेपछि पानी पिउने गरेका हुन्छन् । यदि तपाईंको खाना खाएको एकछिनमा नै पानी पिउने बानी छ भने त्यसले तपाईंको शरीरमा समस्या ल्याउन सक्छ । यसले गर्दा पानी खाना खाएको आधा घण्टापछि मात्र पिउनुपर्छ । आज हामी तपाईंहरुलाई उपयुक्त समयमा पानी पिउनाका फाइदाका बारेमा जानकारी दिँदैछौँ ।

यस्ता छन् पानी पिउनुका फाइदाहरु :

पाचनशक्ति राम्रो हुन्छ ।

शरीरको तौल कम हुन्छ ।

छालामा चमक ल्याउँछ ।

निरासापन हट्छ, शरीरमा ऊर्जा बढ्छ ।

मधुमेहबाट पनि बच्न सकिन्छ ।

यस्ता छन् उपयुक्त समयमा पानी नपिउँदाको बेफाइदाहरु :

शरीरको अस्वभाविक तौल बढ्छ

पाचनप्रकिृयामा समस्या आउँछ

ब्लड प्रेशर बढ्ने सम्भावना हुन्छ

पानी पिउने सहि समय:

यसरी पानी शरिरका अतिआवश्यक भए पनि पानी मात्रा मिलाएर पिउन नजान्दा त्यसले असर समेत गर्ने गरेको छ । साथै कुन समयमा कति पानी पिउने भन्ने जानकारी नहुँदा समेत त्यसले हामीलाई असर गरिरहेको हुन्छ ।

हामीले बिहान उठ्नेबित्तिकै ४ गिलास पानी पिउ पेटमा समस्या हुँदैन । जाडोको समयमा मनतातो पानी पिउँदा शरिरलाई राम्रो हुन्छ । त्यतिमात्र होइन नुहाउनु भन्दा अगाडि एक गिलास पानी पिउदा यसले रक्तचाप नियन्त्रण गर्छ । साथै चिया र कफि पिउनुभन्दा अगाडि एक गिलास पानी पिउदा एसिडिटी कम हुन्छ । त्यसको साथै हामीले व्यायाम गर्नुभन्दा अगाडि एक गिलास पानी पिउने गरेमा यसले व्यायाम गर्दा पानीको कमी हुँदैन र व्यायाम गर्ने ऊर्जा प्रदान गर्छ । त्यस्तै तनाव र थकाई लागेको समयमा पानी पिउदा दिमाखलाई शान्त बनाउछ ।

हामी गर्मीको समयमा अत्याधिक चिसो पानी पिउने गर्दछौँ, जसको कारण हामीलाई त्यसले असर गर्ने गर्दछ । अत्याधिक चिसो पानी पिउँदा हाम्रो शरीरको पाचन इन्जाइमहरुको गतिविधि कम हुन्छ । यसले गर्दा इन्डाइजेसन हुने सम्भावना हुन्छ । यसले गर्दा साधारण पानी पिउदा फाइदा हुन्छ ।