+
+
-- Sponsored Ad --

इतिहासका अनुभव र अनुभूती प्रत्यक्ष रुपमा सम्प्रेषण गर्न पुस्तकहरुले ठूलो भूमिका खेल्छन् : प्रधानमन्त्री

194 पटक हेरिएको
Clock २०८० फाल्गुन २, बुधबार १०:३२
-- Sponsored --

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भावी पुस्तालाई इतिहासका अनुभव र अनुभूती प्रत्यक्ष रुपमा सम्प्रेषण गर्न पुस्तकहरुले ठूलो भूमिका खेल्ने बताएका छन् ।

जनयुद्धकालीन डायरीहरु सार्वजनिकीकरण कार्यक्रममा उनले चुनौतीपूर्ण परिस्थितीमा पनि जनयुद्धको स्मरण र अनुभवहरुलाई जीवन्त राख्नको लागि मनऋषि धिताललाई धन्यवाद दिदैँ यस्तो पुस्तकहरुले इतिहासलाई जीवन्त राख्ने बताए ।

उनले भने, ‘मनऋषि धिताललाई हार्दिक धन्यवाद दिन चाहन्छु । इतिहासलाई जीवन्त राख्न र भावी पुस्तालाई इतिहासका अनुभव र अनुभूती प्रत्यक्ष रुपमा सम्प्रेषण गर्ने मेहेनत गर्नुभयो । त्यसको लागि, कठिन जटिल र चुनौतीपूर्ण परिस्थितीमा पनि जनयुद्धका स्मरण र अनुभवहरुलाई जीवन्त राख्नुपर्छ भन्ने ऐतिहासिक जिम्मेवारीबोध गरेर आज सातवटा पुस्तक एकैपटक विमोचनमा ल्याउने लेखक मनऋषि धिताललाई धन्यवाद दिन चहान्छु ।’
उनले लेखकहरुलाई धन्यवाद दिंदै जनयुद्ध दिवसको दिनको उपस्थित सबैलाई बधाई पनि दिएका छन् । धितालले ‘गुफा प्रेसका चिठी’, ‘जेलयात्रा’, ‘बेनीयात्रा’, ‘आधार यात्रा’, ‘राजमाग यात्रा’, ‘पिली यात्रा’ र ‘गण्डक यात्रा’ पुस्तक सार्वजनिक गरेका हुन् ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win