0 प्रतिक्रिया
सिमलताल पहिराे अपडेटः नारायणी नदी किनारमा भेटियो थप एक पुरुषको शव
३० असार, चितवन । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका-७ स्थित नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पुरुषको शव खोलाबाट निकालेर भरतपुर ल्याउने तयारी गरिएको छ ।
सिमलताल पहिरोमा परेका बसका यात्रुको शव हुन सक्ने आशंका गरिएको छ । शनिबार पनि सोही ठाँउ नजिकै दुईवटा शव भेटिएका थिए । अहिलेसम्म नारायणी नदीले बगाएका ५ वटा शव फेला परेका छन् ।
आज बिहानमात्रै एक जनाको शव फेला परेको थियो । शनिबार तीनको शव फेला परेको थियो । उनीहरूको सनाखतसमेत भइसकेको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



