+
+
-- Sponsored Ad --

चौधरि ग्रुपले बुझायो सिएसआरमा ३ करोड बढि खर्चको अपुष्ट विवरण, पूर्ण विवरण दिन कम्पनि प्रवक्ताको समय माग ।

149 पटक हेरिएको
Clock २०८१ आश्विन ५, शनिबार ०९:५३
ccgg
-- Sponsored --
दिपेन्द्र रेग्मी, कावासोती: नवलपुरको देवचुलिमा सञ्चालन रहेको चौधरी ग्रुप (सिजि) ले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) मा ३ करोड भन्दा बढि रकम खर्च गरेको अपुष्ट विवरण बुझाएको छ ।
 
कम्पनिले सिएसआर समयमै नबुझाएपछि नवलपुरको देवचुली नगरपालिका वडा नम्बर २ ले गत साउन २७ गते १५ दिनभित्रमा सीएसआर अन्तर्गत भएका कार्यहरु र यस वर्ष गरिने कार्यहरुको जानकारी गराउन सिजि कम्पनिसँग पत्र मार्फत माग गरेको थियो ।
 
पत्रको जवाफमा ३ करोड बढि खर्च गरिएको सामान्य विवरण मात्र पत्र मार्फतनै वडाकार्यालयलाई जानकारी गराएको तर बुझाएको विवरण अपुष्ट रहेको देवचुलि २ का वडाध्यक्ष शरद प्रसाद घिमिरेले बताउनुभयो ।
 
चौधरी उद्योगबाट निस्किने विभिन्न प्रदुषणका कारण समस्यामा रहेका स्थानीयलाई राहत पुग्ने गरि सीएसआरमा पछिल्लो आर्थिक वर्षमा वडामा भएका खर्चकाबारे कम्पनिले वडा कार्यालयमा जानकारी नगराएकोमा १५ दिनभित्र जवाफ नआए कारवाहिको प्रक्रिया नै अगाडि बढाउने बताएपछि कम्पनिले पत्रको जवाफ फर्काएको हो ।
 
कम्पनिले विभिन्न विद्यालय, विद्यार्थि एवं सामाजिक संघसंस्थाहरुमा गरि ३ करोड बढि खर्च गरेको भन्ने जानकारी गराउँदै यस विषयमा पछि छलफल गरौँला भन्ने आशय प्रकट गरेको घिमिरेले बताउनुभयो ।
 
बजारको आर्थिक मन्दिलाई देखाउँदै कम्पनिको व्यवसाय समेत खस्किएको हुँदा वडा कार्यालयलाई दिन्छु भनेको रकम पछि उपलब्ध गराउने जानकारी दिएको उहाँले बताउनुभयो ।
 
औद्योगिक व्यवसाय नियमावली २०७८ को नियम (४३) को उपनियम (३) मा उपनियम (१) बमोजिमको क्षेत्रमा खर्च गर्न छुट्याइएको वार्षिक रकमको कम्तिमा ५० प्रतिशत रकम सम्बन्धित उद्योगबाट प्रभावित क्षेत्रमा खर्च गरि सोको जानकारी उद्योग दर्ता गर्ने निकायमा जानकारी गराउनुपर्ने व्यवस्था रहेको छ ।
 
उता सिजि कम्पनिका जनरल म्यानेजर रामकाजि सिटौलाले भने कम्पनिको कुनैपनि विषयमा आँफुले बोल्न नमिल्ने बताउनुभएको छ ।
हामिले सिएसआरमा खर्च गरिएको रकमको सम्बन्धमा वडा कार्यालयसँग समन्वय नै भएन भन्ने गुनासो आएको छ, कम्पनिले कहाँकहाँ ? कति रकम ? कसरी खर्च गरेको हो ? भनि गरेको प्रश्नमा उहाँले कम्पनिको कुनैपनि विषयमा नबोल्नु भनिएकोले आँफुले यसबारेमा केहि नबोल्ने बताउनुभएको हो ।
 
त्यस्तै यहि विषयमा कम्पनिका प्रवक्ता मधु पौडेलसँग हामिले राखेको जिज्ञासामा त्यसबारेमा आँफुसँग डाटा नरहेको साथै शनिबार कार्यालय बन्द रहने भएकोले आईतबार मात्रै बुझेर त्यसको वास्तविकता भन्न सक्ने बताउनुभएको छ ।
 
उहाँले कम्पनिले आफ्नो दायित्व अन्तर्ग गर्नुपर्ने सबैकार्यहरु गरिरहेको दावि गर्दै पछिल्लो समयको आर्थिक मन्दिमा समेत कम्पनिले विभिन्न सामाजिक क्षेत्रहरुमा लगानि गरिरहेको बताउनुभएको छ ।
 
पौडेलले भन्नुभयो : “खास कुरा के हो त्यो त कम्पनिका साथिहरुसँग बुझेर मात्रै भन्न सकुँला, तर कम्पनिले देश नै आर्थिक मन्दिमा गैरहेको समयमा समेत सामाजिक कार्यहरु त गरिनै रहेको छ, ” उहाँले अगाडि भन्नुभयो : “राज्यले पनि, स्थानिय सरकारले पनि त कम्पनिका समस्या बुझिदिनुपर्यो, सिजि ईण्डस्ट्रीजकै कारण देवचुलिका धेरैजसो परिवार त लाभान्वित बनेका छन् नै, शाश्वत धामका कारण दैनिक कयौँ पर्यटक भित्रिरहेका छन्, कयौँको व्यपार व्यवसाय बढेको छ, सरकारको आय बढेको छ, अब त्यो सिएसआरमा गरेको खर्च विवरण चैँ बुझेर भनुँला ।”
 
उहाँले कम्पनिबाट निस्किने फोहोर व्यवस्थापन एवं प्रशोधनकालागि कम्पनिले करोडौँ खर्च गरेर फोहोरो प्रशोधन सञ्चालन गरिरहेको बताउनुभएको छ ।
 
सिजि ईण्डस्ट्रीसँगै शाश्वतधाम मन्दिर समेत रहेको छ । त्यसआसपासका जनताले भने कम्पनिबाट निस्किने फोहोरको उचित व्यवस्थापन नहुँदा आँफुहरुले सधैँ समस्या भोग्नुपरेको भन्दै यसको दिर्घकालिन समाधान गरिदिन स्थानिय सरकार एवं कम्पनिसँग समेत माग गरेका छन् ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win