धौवादीको हावाबाट बिजुली निकाल्ने प्रविधि बजेट अभावले अलपत्र
कावासोती । हुप्सेकोट गाउँपालिका-५ धौवादीमा रहेको हावाबाट विजुली निकाल्ने वायु उर्जा केन्द्र लामो समयदेखि मर्मत नहुँदा जीर्ण बन्दै गएको छ । वायु उर्जा केन्द्र मर्मत गर्न स्थानीय सरकारमा बजेट अभाव भएसँगै प्रदेश र केन्द्रले चासो नदिँदा विद्युत उत्पादन केन्द्रमा करिब ४ वर्षदेखि बिजुली उत्पादन बन्द भएको छ ।
एसियाली विकास बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा नमूना योजनाका रुपमा २०६८ सालमा हावाबाट विजुली निकालिएको थियो । निमार्ण सम्पन्न भएपछि बैंकले स्थानीय सरकारलाई उर्जा केन्द्र हस्तान्तरण गरेको केही वर्ष पूरा क्षमतामा विद्युत उत्पादन भए पनि पछि टरवाईन र ब्याट्रीमा खराबी आएपछि उत्पादन बन्द भएको थियो ।
उर्जा केन्द्रबाट हावाबाट १० किलोवाट र सोलारबाट २ किलोवाट गरी १२ किलोवाट विद्युत उत्पादन भएको थियो । हावाबाट विद्युत उत्पादनका लागि ५/५ किलोवाट विद्युत उत्पादन गर्न सक्ने दुईवटा टर्वाइन राखिएको छ । तर, अहिले ब्याट्री र टरवाईन दुबै बन्द अवस्थामा छन् ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुरको कावासोतीमा रहेको
कावासोती, मंसिर ५ गते । नवलपुर सदरमुकाम कावासोती