Warning: Attempt to read property "slug" on string in /home/asoftcom/nsancharonline.com/wp-content/themes/bishwasanchar/functions.php on line 85
दुई दशक देखि गिद्धको सेवा गर्दै यमबहादुर दुई दशक देखि गिद्धको सेवा गर्दै यमबहादुर - N. SANCHAR NEWS - एन सञ्चार न्युज
+
+
-- Sponsored Ad --

दुई दशक देखि गिद्धको सेवा गर्दै यमबहादुर

120 पटक हेरिएको
Clock २०८१ मंसिर ७, शुक्रबार ११:३५
-- Sponsored --

सन्जय भट्टराई, कावासोती । कावासोती-७ का यम बहादुर नेपाली उमेरले ४१ वर्ष लागे । बिहानै उठेर मानिसहरु आफ्नो घरधन्दामा लागे जस्तै उनको दैनिक सुरु हुन्छ घर नजिकै रहेको जटायु रेष्टुरेन्ट बाट । बिहानै उठेर आफ्नो नित्यकर्म सके पछि आफ्नो मोटरसाइकल स्टार्ट गरेर घर बाट केही पर रहेको जटायु रेष्टुरेन्टमा पुग्छ्न जहाँ सुरु हुन्छ उनको दैनिकी ।

यमबहादुरले जटायुमा काम सुरु गरेको १८ वर्ष भयो । यहाँ जटायु रेष्टुरेन्टको स्थापना भएसँगै उनी यो रेष्टुरेन्टमा जोडिएका हुन । जटायुको स्थापना हुँदा गिद्धको आहारा व्यवस्थापन र हेरबिचार गर्ने कामको लागि जनशक्ति व्यवस्थापन गर्न रेष्टुरेन्ट व्यवस्थापन समितिलाई गार्हो थियो । गिद्ध प्रती समाजको हेर्ने नजर पुरातन थियो । गिद्धलाई खाना खुवाउने काम गर्न कोही तयार नभएको बेला संरक्षणमा चासो राख्ने यमबहादुरले यो कामलाई सहजै स्विकार गरे । अहिले यम बहादुर “यमबहादुर” मात्रै होइन “गिद्धका सेफ” भनेर संरक्षणकर्मी माझ परिचित छ्न ।

बिहान करिब ८ उनी जटायु रेष्टुरेन्ट मा पुगि सक्छ्न । कतै गिद्ध बिरामी भएर बसेका छ्न कि भनेर हेर्छ्न, त्यसपछि उनिहरुको आहारा व्यवस्थापनमा लाग्छ्न । सँगै त्यही भित्र रहेको गौशालामा राखिएका गाईवस्तुलाई फुकाएर चर्नका लागि छोडछ्न ।

जिल्लामा रहेका विभिन्न कृषि फर्ममा मरेका या मर्न लागेका गाईवस्तु भएका सूचना पाए त्यहाँ सम्म पुग्छ्न, ती गाईवस्तुलाई प्रयोग गरिएका औषधि र उपचार पद्धतिको विषयमा जटायु रेष्टुरेन्टका प्राविधिक सँग सल्लाह गरे पछि ल्याउन मिल्ने भए तिमिहरुलाई जटायु रेष्टुरेन्ट सम्म ल्याउने काम समेत उनको रहन्छ ।

ती गाइवस्तुमा प्रयोग गरिएका औषधि गिद्धलाई असर नपुर्‍याउने खालको हुनु पर्छ । विगत १८ वर्ष देखि यहाँ काम गर्दा यो विषयमा यमबहादुर पनि जानकार भैसकेका छ्न । त्यो बाहेक विभिन्न स्थानमा गिद्ध बिरामी भएको सूचना पाए उनी जटायु रेष्टुरेन्टको प्राविधिक टोलि सँगै घटनास्थलमा पुग्ने गर्छन। बिरामी गिद्धहरुलाई जटायु सम्म ल्याउने र प्राविधिकहरु सँग मिलेर गिद्धको उपचारमा जुटने गर्द्छ्न यमबहादुर ।

विगत १८ वर्ष देखि यहाँ काम गरेका यमबहादुरलाई मानिसले मात्रै होइन यहाँका रैथाने गिद्धले पनि चिन्ने गरेका छ्न । उनि रेष्टुरेन्टको गेटबाट भित्र पसे पछि गिद्धहरु उडेर उनको आसपास आउने गर्दछ्न । त्यति मात्रै होइन यहाँको गौशालामा पालिएका गाईवस्तु समेत उनी आएको छ्नक पाए पछि उनलाई नै पछयाउछ्न ।

सँगैका अरु साथीहरु वैदेशिक रोजगार तथा अन्य पेशामा लागेको भए पनि यम बहादुर भने गिद्धको हेरचाहमा नै खुसी छ्न । सुरु सुरुमा गिद्धलाई खाना खुवाउने हेरचाह गर्ने मान्छे भनेर समाजका केही समय अन्य मानिसहरुको उनलाई हेर्ने र सोच्ने दृष्टिकोण नकारात्मक थियो । बिस्तारै मानिसहरुले गिद्ध र जटायु रेष्टुरेन्टको महत्त्व बुझ्दै गए पछि अहिले भने उनलाई समाजले हेर्ने नजर नै फेरिएको छ । २ दशक देखि यहाँ काम गर्दा उनी अहिले गिद्धको अवलोकन गर्न आउनेहरुलाई गिद्धको आहारविहार र चालचलनबारे जानकारी दिने समेत गर्दछ्न ।

सुरुका वर्षहरुमा जटायु रेष्टुरेन्टले नै आन्तरिक स्रोतबाट तलब खाने गरेका उनी अहिले नेपाल पंक्षी संरक्षण संघका कर्मचारी भएका छ्न । उनलाई पंक्षी संरक्षण संघलेनै तलब दिदै आएको छ । सुरु सुरुमा जागिरको रुपमा लिएका उनले यो कामलाई ठूलो अवसरको रुपमा लिएका छ्न । उनलाई अहिले श्रीमति र छोरीहरुले समेत सहयोग गर्ने गरेका छ्न । जटायुको कामबाट फुर्सद हुँदा समाजका अन्य मानिसहरुलाई समेत गिद्धको बारेमा बुझाउन समेत उनी पछि पर्दैन्न ।

आफ्नो बाकी जीवन समेत गिद्धको संरक्षण हेरचाहमा लगाउने बताएका यम बहादुर स्थापना काल देखिनै जटायु रेष्टुरेन्टमा जोडिएका बताउदै जटायु रेष्टुरेन्टका अध्यक्ष डिबि चौधरीले भने, “स्थापना कालमा गिद्धको विषयमा समाज सचेत थिएन त्यो समयमा काम गर्ने मान्छे पाउन गार्हो थियो, उहाँले सहजै स्वीकार गरेर यो काम सुरु गर्नु भयो यो कुराले समाजका अन्य मानिसलाई समेत प्रेरणा दिएको छ ।”

९० को द्शक आसपास नेपालमा लाखौंको संख्यामा देखिने गिद्धको संख्या स्वाट्टै घटे पछि संरक्षणकर्मी चिन्तित बने । त्यसपछि समुदायस्तरबाट संरक्षण गर्न सन् २००६ मा पहिलो पटक जटायु रेस्टुरेन्ट नामक गिद्ध संरक्षण केन्द्र सुरु गरिएको थियो । यो रेस्टुरेन्टका कारण गिद्ध संरक्षणमा मद्दत पुग्ने देखिएपछि मुलुकका विभिन्न स्थानमा यस्तै केन्द्र सञ्चालनमा रहेका छ्न ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win