+
+
-- Sponsored Ad --

अर्जुचौपारि गाँउपालिका द्वारा विपन्न नागरिकका लागि नि:शुल्क स्वास्थ्य बिमा

520 पटक हेरिएको
Clock २०८१ मंसिर ३०, आईतवार १४:३९

Screenshot

-- Sponsored --

दिपक विश्वकर्मा, स्याङ्जा, मंसिर ३०: स्याङ्जाको अर्जुनचौपारि गाउपालिकाले पालिका भित्रका अति विपन्न परिवारका लागि निशुल्क स्वास्थ्य बिमा कार्यक्रम शुरू गरेकाे छ । 

स्वास्थ्य हरेक व्यक्तिको संवेदनशील विषय भएकाले रोग लाग्दा नागरिकको आर्थिक हैसियतले धान्न नै नसक्ने गरी खर्च हुने र आर्थिक अबस्था कमजोर भएकै कारण अकालमा ज्यान गुमाउनु पर्ने अवस्था आउन नदिन पालिकाले सबै नागरिकको स्वास्थ्य बिमा गराउने नीति अनुसार पालिकाभित्र स्थायी रूपमा बसोबास गर्ने नागरिकलाई पहिलो क्रममा अतिविपन्न परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा गराउन लागेको अर्जुनचौपारि गाउपालिका अध्यक्ष प्रकाश तिवारिले बताउनुभयो।

पालिकाद्वारा जारी सूचना ।

स्वास्थ नागरिक, स्वास्थ पालिका अवधारणा अनुरूप् पालिकाले स्वास्थ्यकाे विषयलाइ मुख्य प्राथमिकता राख्दै आर्थिक अबस्था कमजोर भएका नागरिक लाइ आर्थिक सहयोग, पोषण सम्बन्धी कार्यक्रम सुत्केरि तथा विपन्न परिवारलाइ निशुल्क एम्बुलेन्स सेवा प्रदान लगायतका सेवाहरू सन्चालनमा रहेकाे अर्जुचाैपारी गाँउपालिकाका  स्वास्थ्य शाखा प्रमुख इन्द्र बहादुर नेपालिले जानकारी दिनुभयाे ।

गाउँगाउँमा स्वास्थ्य चौकी टोल टोलमा स्वास्थ्यकर्मिको अवधारणा अनुरूप प्रत्येक दिन स्वास्थ्यकर्मिकाे टोलि घर घर पुगि नियमित चेक जाँच समेत गर्दै आएको पनि नेपालिकाे भनाइ छ ।

लाभग्राही फारामकाे नमुना ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win