+
+
-- Sponsored Ad --

“हुप्सेकोटमा देखिएको पहिरो, वडाको सिमांकन र सडकखण्डमा पर्ने रुख कटानका समस्या हल गर्छु” गृहमन्त्री लेखक

121 पटक हेरिएको
Clock २०८१ मंसिर ३०, आईतवार १६:१०
-- Sponsored --
मंसिर ३०, कावासोती:  गृहमन्त्री रमेश लेखकले हुप्सेकोट गाउँपालिकामा रहेका विभिन्न समस्याहरु समाधानकोलागि काम गर्ने बताउनुभएको छ ।
नवलपुरको हुप्सेकोट गाउँपालिका ३ मा अवस्थित सरस्वती संस्कृत तथा साधारण मा.वि.ले आजबाट मनाउन सुरु गरेको स्वर्ण महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री लेखकले विषेशगरि हुप्सेकोट गाउँपालिकामा पहिरो, वडाहरुको सिमांकन र आलोक चक्रपथ सडक खण्डमा पर्ने रुख कटानको विषयमा समस्या रहेको आफुले जानकारी पाएकोले ति समस्यालाई हल गर्न आँफुले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
 
मन्त्री लेखकले विद्यालयको कार्यक्रममा उपस्थित हुनकालागि मुख्य राजमार्गबाट पालिका कार्यालय सम्म आईपुग्दा बाटोमा रुखै रुख देखेको प्रसंग उल्लेख गर्दैसडक विस्तारकोलागि रुख कटानको अनुमति तुरुन्तै दिलाउन आँफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सडक निर्माणकोलागि वजेट समेत विनियोजित भैसकेको अवस्थामा जङ्गल क्षेत्रको सडकमा पर्ने रुखहरुका कारण निर्माण प्रकृया रोक्न नहुने भन्दै केन्द्र सरकार, बन मन्त्रालय एवं प्रदेश सरकारसँग पनि यसकालागि आँफुले कुरा गर्ने विश्वास दिलाउनुभयो ।
 
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी देवी पाण्डेले गाउँपालिका भित्र रहेका विभिन्न समस्याहरुका वारेमा गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै विषेश गरि विकास निर्माणमा बाधक बनिरहेका विभिन्न ऐन कानुनहरुमा परिवर्तन गरि पालिकाको भौतिक एवं सामाजिक विकासमा सहयोग गरिदिन आग्रह गर्नुभएको थियो । त्यस्तै नेपाल लोकतात्रिक आदिवासी जनजाति महासंघका केन्द्रिय अध्यक्ष ओम बहादुर घर्तीले आंफु सरस्वती संस्कृत तथा साधारण मा.वि.को पूर्व विद्यार्थी भएको नाताले यस विद्यालयमा निर्माण गर्न लागेको ई पुस्तकालय सम्बन्धीको सम्पूर्ण खर्च आँफुले व्यहोर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
 
कार्यक्रममा गण्डकी प्रदेशका पूर्व सांसद विष्णु लामिछाने, संविधानसभा सदस्य महेन्द्र ध्वज जिसी, विद्यालयको पूर्व प्रधानाध्यापक रामशरण पाण्डेय, समाजसेवि पूर्ण प्रकाश सुनार लगायतले विद्यालयले मनाउन गैरहेको स्वर्ण महोत्सवको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम उद्घाटन पूर्व गिरुवारी बजारमा आसपासका विद्यालयका विद्यार्थिहरु सहित विभिन्न आमा समुह एवं सामाजिक संस्थाहरुबाट कलश यात्रा निकालिएको थियो । साथै कार्यक्रममा स्थानीय झांकी सहित मौलिक भेषभुषासहितको नृत्य, स्वर्ण स्मारिका विमोचन सहित विद्यार्थीका प्रतिभा प्रदर्शन पनि गरिएको थियो ।
 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर गोदारको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक रेनुका भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन पूर्व विद्यार्थि एवं नेपाल पत्रकार महासंघ नवलपुरका नव निर्वाचित सचिव आशिष रेग्मीले गर्नुभएको थियो । सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालयको कम्प्यूटर ईन्जिनियरिंग ( कक्षा ९–१२ ) लाई मुख्य लक्ष्य बनाएर आयोजना गरेको स्वर्ण महोत्सव मंसिर २९ गतेदेखि पुस ३ गतेसम्म चल्नेछ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win