स्थानीयको विरोध पछि नारायणीको पानी नवलपुर तर्फ फर्काउने काम रोकियो

कावासोती । नारायणी नदिको पानी दक्षिणी भंगालो तर्फ मात्रै बग्दा नवलपुरका तटिय क्षेत्र सुख्खा हुँदै गए पछि बिहिबार देखि सुरु भएको उत्तरी भंगालोमा नारायणीको पानी फर्काउने काम रोकिएको छ ।

गैंडाकोट-११ मा पर्ने गणेश घाटबाट नवलपरासीतर्फ थुप्रिएको ढुंगा ग्राभेल हटाएर नदीको बहाव फर्काउने काम सुरु गरिएको भए पनि देवचुली-१७ कुजौलीका स्थानीयले त्यसरी नदिमा पानी फर्काउदा शिख्रौली भन्दा तलका बस्तीमा नारायणीको कटान थप बढने भन्दै विरोध गरे पछि शनिबार नारायणीमा एक्साभेटर सन्चालनमा आउन सकेन ।

नारायणी नदिमा विना अध्ययन त्यसरी पानी फर्काउदा आउने वर्षा याममा नारायणी नदि बस्ती तर्फ नै सोजिन सक्ने भएकाले नारायणीको पानी नवलपुर तर्फ फर्काउन नहुने कुजौली मौजा नारायणी नदि कटान व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण कंडेलले बताए ।

वि.स २०५४ देखि निरन्तर नारायणी नदिको कटानको चपेटामा पर्दै आएका देवचुली-१७ कुजौलीका स्थानीयले पानी फर्काउदा नारायणीले थप कटान नगर्ने गरि फर्काउनु पर्ने बताए । २०५८ सालमा नारायणीमा आएको ठूलो बाढिले देवचुली-१७ को कुजौलीमा ६० बिगाहा भन्दा बढी नम्बरी जमिन कटान गरेको र सयौं परिवार बिस्थापित भएका थिए ।

नारायणीको पानी उत्तर तर्फ फर्काउदा फेरि त्यस्तै अवस्था आउन सक्ने भन्दै आफुहरुको बस्ती सुरक्षित हुने गरेर मात्रै पानी फर्काउनु पर्ने स्थानिय खडक थनेतले बताए । “नारायणीको उत्तरी भंगालोमा पानी नहुदा तटिय क्षेत्र सुख्खा हुने र यस्को असर मानव वन्यजन्तु सबैमा पर्ने भएकाले पानी फर्काउनु तर नारायणीको नदि तटिय क्षेत्रका बस्तीहरु समेत नदि कटान बाट जोगिनु पर्छ”, थनेतले भने ।

यसै बिच शनिबार जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्मा र देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले देवचुली-१७ कुजौलीका स्थानीयहरु सँग छलफल गरेका छ्न । जिसस प्रमुख विश्वकर्म र नगरप्रमुख न्यौपानेले नदि स्नान, दाहासंस्कार लगाएतका धार्मिक अनुष्ठानका लागि भए पनि नदिको उत्तरी भंगालोमा पानी फर्काउन पर्ने भएकाले सहजीकरण गरिदिन स्थानीय सँग आग्रह गरेका थिए ।

स्थानीयसँगको छ्लफल पछि नदिलाई बस्ती कटान नगर्ने गरि फर्काउनका लागि स्थानीय सहितको उपस्थितिमा नदिलाई फर्काउने स्थान छ्नौट गरेर काम अगाडी बढाउने गरि छलफल भएको जिसस प्रमुख विश्वकर्माले बताए ।

केही वर्षदेखि चितवन तर्फबाट नदीजन्य पदार्थ निकालेका कारण नदीको पानी चितवनतर्फ रहेको दक्षिणी भंगालोमा मात्रै बगेको छ । नदिको उत्तरी भंगालोमा पानीबहाव घटदा नवलपुरको गैंडाकोट देखि त्रिवेणी सम्मको तटिय क्षेत्र सुक्दै गएको र नदि आश्रित मानव वन्यजन्तु एवं जलचर प्रभावित भएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका थिए ।

नदिको बहाव चितवन तर्फमा मात्रै सोझिदा धार्मिक आस्था सँग जोडिएको नारायणी नदिमा हिउँदको समयमा नवलपुर क्षेत्र तर्फ नदि स्नान लगाएतका धार्मिक अनुष्ठानका लागि समेत पानीको अभाव भएको छ भने नदि आश्रित मानव वन्यजन्तु एवं जलचर प्रभावित भएका छ्न ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ७, सोमबार २२:०३
    • 7 views
    माघ २५ गतेदेखि आठौं नवलपुर महोत्सव

    कावासोती । आठौं नवलपुर महोत्सव माघ २५ गतेदेखि फागुन १० गतेसम्म सञ्चालन हुने भएको छ । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा आठौं नवलपुर महोत्सव हुने भएको हो । संघले शुक्रबार…

    विस्तृत.....

    • २०८१ माघ ७, सोमबार २१:४३
    • 7 views
    नमूना सदरमुकाममा १२ वटा संघीय कार्यालयको निर्माण सुरु गरिने

    कावासोती । नवलपुर जिल्ला सदरमुकामको स्वीकृत गुरुयोजना कार्यान्वयनको अनुगमन र आवश्यकता अनुसार परिमार्जन गर्न गठित समितिको सोमबार बसेको छैठौ बैठकले १२ वटा संघीय सरकारी कार्यालय भवनको निर्माण कार्य अगाडि बढाउने…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *