कावासोती १ का अध्यक्ष मियाको निधन ।

कावासोती नगरपालिका वडा नं. १ का अध्यक्ष तवारक अहमद मियाको निधन भएको छ ।
राष्ट्रिय युवासंघ नेपाल नवलपुरका सहसचिव समेत रहेका मिया गैँडाकोटको श्रीराम पार्टी प्यालेसमा चलिरहेको राष्ट्रिय युवासंघ नेपाल, नवलपुरको दशौ जिल्ला अधिवेशनमा स्वागत मन्तव्य दिएर स्टेजबाट ओर्लिए लगत्तै कुर्चीमा लडेका थिए ।

घटना लगत्तै उनलाई उपचारको लागि चितवन मेडिकल कलेज लगिएको थियो । मियाको उपचारको क्रममा दिउसो २: ४२ वजे मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ ।

३७ वर्षका मियाका श्रीमती, ३ छोरी र १ छोरा हुनुहुन्छ । मियाको निधन भएपछि राष्ट्रिय युवासंघको जिल्ला अधिवेशन स्थगित गरिएको छ ।

अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन स्थगित गरिएको राष्ट्रिय युवासंघ नेपाल नवलपुरले जनाएको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २८, सोमबार १८:२२
    • 81 views
    नवलपुर महोत्सवमा आदिवासी जनजाति महासंघको असहमति, संस्थागत सहभागिता नहुने

    दीपक भट्टराई, कावासोती ।  नवलपुर उद्योग वाणिज्य संघद्वारा माघ २५ गतेदेखि नवलपुरको कावासोती-१६, डण्डामा सञ्चालित आठौं नवलपुर महोत्सवप्रति नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरले असहमति जनाएको छ। महासंघले…

    विस्तृत.....

    • २०८१ माघ २७, आईतवार २१:१७
    • 21 views
    नवलपुर महोत्सवमा सोमबारदेखि रत्यौली प्रतियोगिता सुरु ।

    माघ २६, नवलपुर । नवलपुर महोत्सवमा भोलि सोमबारदेखि रत्यौली प्रतियोगिता शुरु हुदैछ । नेपाली समाजमा बैवाहिक उत्सवको खुशीयालीमा दुलाहाका घरमा महिलाहले गर्ने सामुहिक मनोरुजनलाई पुस्तान्तरण र जगेर्ना गर्ने अभिप्रायले सातौं…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *