+
+
-- Sponsored Ad --

कावासोती १ का अध्यक्ष मियाको निधन ।

220 पटक हेरिएको
Clock २०८१ माघ १९, शनिबार १७:०४
-- Sponsored --

कावासोती नगरपालिका वडा नं. १ का अध्यक्ष तवारक अहमद मियाको निधन भएको छ ।
राष्ट्रिय युवासंघ नेपाल नवलपुरका सहसचिव समेत रहेका मिया गैँडाकोटको श्रीराम पार्टी प्यालेसमा चलिरहेको राष्ट्रिय युवासंघ नेपाल, नवलपुरको दशौ जिल्ला अधिवेशनमा स्वागत मन्तव्य दिएर स्टेजबाट ओर्लिए लगत्तै कुर्चीमा लडेका थिए ।

घटना लगत्तै उनलाई उपचारको लागि चितवन मेडिकल कलेज लगिएको थियो । मियाको उपचारको क्रममा दिउसो २: ४२ वजे मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ ।

३७ वर्षका मियाका श्रीमती, ३ छोरी र १ छोरा हुनुहुन्छ । मियाको निधन भएपछि राष्ट्रिय युवासंघको जिल्ला अधिवेशन स्थगित गरिएको छ ।

अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन स्थगित गरिएको राष्ट्रिय युवासंघ नेपाल नवलपुरले जनाएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win