+
+
-- Sponsored Ad --

इरानले फेरि गर्‍यो इजरायलमा मिसाइल प्रहार, साइरन बजेपछि हवाई प्रतिरक्षा प्रणाली सक्रिय

76 पटक हेरिएको
Clock २०८२ असार १०, मंगलवार ०८:३८
-- Sponsored --

काठमाडौं : इजरायली सेनाले इरानबाट इजरायलतर्फ मिसाइल प्रहार भएको पुष्टि गरेको छ। सो प्रहारपछि इजरायलका विभिन्न क्षेत्रहरूमा साइरन बजाइएको छ। साथै हवाई प्रतिरक्षा प्रणाली पनि सक्रिय गरिएको इजरायल डिफेन्स फोर्सेस (आईडीएफ)ले जनाएको छ।

‘केही समयअघि इजरायलका विभिन्न क्षेत्रमा साइरन बजाइएको छ। किनकि इरानबाट इजरायलतर्फ मिसाइल प्रक्षेपण भएको पुष्टि भएको छ,’आईडीएफको विज्ञप्तिमा भनिएको छ।
हाल इजरायली वायुसेनाले आवश्यक स्थानहरूमा मिसाइल अवरुद्ध गर्न र खतरा न्यूनीकरण गर्न सक्रिय रूपमा कारबाही गरिरहेको छ। यो नयाँ प्रहारले पुनः तनाव चर्किने संकेत दिएको छ।
केही घण्टा अघि इरानी विदेशमन्त्री अब्बास अराघ्चीले इजरायलले बिहान ४ बजेसम्म आक्रमण रोक्ने हो भने इरानले पनि जवाफी कारबाही नगर्ने संकेत दिएका थिए।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win