बर्दियामा प्रहरी जवानले चौकीमै झुण्डिएर आत्महत्या गरे ।

बर्दिया । बर्दियामा एकजना प्रहरी जवानले आत्महत्या गरेका छन् ।

बढैयाताल गाउँपालिका कण्ठपुरस्थित कालिका प्रहरी चौकीमा कार्यरत प्रहरी जवान कुशल खाम्चाले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

पाल्पा रम्भा गाउँपालिका घर भई हाल बर्दियाको कालिका प्रहरी चौकीमा कार्यरत २५ वर्षीय खाम्चाले गएराति चौकी भित्रको रुसमा पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया पुर्याइएको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २५, बिहीबार २१:३३
    • 28 views
    नारायणी किनारमा १५ औं चितवन महोत्सव सुरु

    चितवन – नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको…

    विस्तृत.....

    • २०८१ पुष २४, बुधबार ०९:२९
    • 21 views
    तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते

    कावासोती । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *