+
+
-- Sponsored Ad --

मनाङ्गेले लिए दोस्रो पटक खेलकुद मन्त्रीको सपथ ।

1,211 पटक हेरिएको
Clock २०७८ जेष्ठ ९, आईतवार १५:१३
-- Sponsored --

९ जेठ, पोखरा । गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुद मन्त्री दीपक मनाङ्गे भनेर चिनिने राजीव गुरुङले आइतबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।

सत्ताको रस्साकस्सीमा आफूलाई स्वतन्त्र दाबी गरिरहेका मनङ्गेलाई वैशाख १६ गते समाजिक विकास मन्त्रालय फुटाएर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्री बनाएका थिए ।

वैशाख २६ गते मुख्यमन्त्रीले राजीनामा दिएसँगै ११ दिनमै गुमेको उनको पद २९ गते ठूलो दलको नेताको हैसियतमा पृथ्वीसुब्बा फेरि मुख्यमन्त्रीमा बाहाली भएपछि जेठ ५ मा मनाङलाई खेलकुद मन्त्रीमा दोहोर्‍याएका थिए ।

७ मन्त्रालय रहेको गण्डकीमा मनाङ्गेलाई मन्त्री बनाउँदै मन्त्रालयका संख्या ८ पुर्‍याएर मुख्यमन्त्री गुरुङले ११ मन्त्रालय बनाएर मन्त्रीलाई जिम्मेवारी बाँडफाँड गरेका छन् ।

५ गते नै किरण गुरुङ, रामशरण बस्नेत, विकास लम्साल, नरदेवी पुन र मनाङलाई मुख्यमन्त्री गुरुङले फेरि मन्त्री नियुक्त गरेका थिए । मनाङ्गेले ५ गते काठमाडौं रहेकाले सपथ लिएका थिएनन् ।

किरण गुरूङलाई अर्थ र मनाङ्गेलाई बाहेक सपथ खुवाउँदा बाँकीलाई बिनाविभागी मन्त्रीको रुपमा सपथ खुवाइएको थियो । बेलुका सबै मन्त्रीलाई अन्य मन्त्रालयसमेत गर्ने गरी जिम्मेवारी तोकिएको थियो । मुख्यमन्त्रीसहित ६ मन्त्रीले अहिले ११ मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् ।

यी हुन् मन्त्रालय र जिम्मेवारी

 

 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win