+
+
-- Sponsored Ad --

कावासोतीमा स्कुटर र अटो ठोक्किँदा दुईजना घाइते

82 पटक हेरिएको
Clock २०८२ कार्तिक १७, सोमबार १८:४४
-- Sponsored --

नवलपुर , कात्तिक १७ – कावासोती नगरपालिका–३ सभापतीचोकस्थित पूर्व–पश्चिम राजमार्गमा आज साँझ स्कुटर र अटो ठोक्किँदा दुईजना घाइते भएका छन्।

दुम्किबासबाट नारायणगढतर्फ जाँदै गरेको ना ४३ प १०१७ नम्बरको स्कुटर र बाटो क्रस गर्दै गरेको ग.प्र.०४–००१ ह ०१७७ नम्बरको अटो एक आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

दुर्घटनामा स्कुटर चालक सरकार क्षेत्री (३३ वर्ष), चितवन महानगरपालिका–१३ र पछाडि सवार निता थापा बरुवाल (३२ वर्ष), माडी नगरपालिका–५ घाइते भएका छन्। दुवैजनाको दाहिने हात, खुट्टा, औंला, घुँडा तथा छातीमा चोट लागेको र उनीहरूलाई उपचारका लागि कालिगण्डकी अस्पताल कावासोतीमा भर्ना गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि दुबै पक्षबीच विवाद उत्पन्न भएको र सो क्रममा स्कुटर चालकले अटो चालक तक ब. बयम्बु मगर (४८ वर्ष), कावासोती–१ रिठ्ठेपानी लाई हेल्मेटले प्रहार गरेको बताइएको छ। अटो चालकलाई बाहिरी चोट नलागेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न दुवै सवारीसाधन प्रहरी नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win