माघ ७, कावासोती ।
आउँदो फाल्गुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनकालागि नवलपुरका दुई वटा निर्वाचन क्षेत्रमा जम्मा ३७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा जम्मा १९ जना र क्षेत्र नम्बर २ मा १८ जनाले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयको निर्वाचन अधिकृत सिता अधिकारीले बताउनुभएको हो । निर्वाचन क्षेत्र नम्बर १ मा १९ जना र क्षेत्र नम्बर २ मा १८ जनाले मनोनयन दर्ता गराएका हुन् । क्षेत्र नम्बर १ मा ४ जना स्वतन्त्र उमेदवार सहित १४ राजनीतिक दल मध्ये नेपाली कांग्रेसबाट यस क्षेत्रमा २ जनाको उम्मेद्वारी परेपछि जम्मा १९ जनाको उम्मेद्वारी दर्ता भएको छ । त्यस्तै नवलपुरको निर्वाचन क्षेत्र नम्बर २ मा ६ जना स्वतन्त्र सहित १२ राजनीतिक दलका एकएक गरि १८ जनाको उमेदवारी परेको मुख्य निर्वाचन अधिकृत अधिकारीले जानकारी दिनुभएको हो ।
फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नवलपुरमा नेकपा एमालेको तर्फबाट क्षेत्र नं. १ मा भागीरथ सापकोटा र २ मा तिलक महतले उम्मेद्वारी दिनुभएको छ । सापकोटा पहिलोपल्ट चुनाव लड्दै हुनुहुन्छ भने क्षेत्र नं. २ का महत यसअघि संविधान सभा सदस्यमा निर्वाचित भैसक्नुभएको थियो भने गत निर्वाचनमा कांग्रेसका विष्णु कुमार कार्किसँग पराजित हुनुभएको थियो । त्यस्तै नेपाली कांग्रेसको तर्फबाट दुवै क्षेत्रमा नयाँ अनुहारहरुले उम्मेद्वारी दर्ता गराएका छन् । यद्यपि क्षेत्र नं. १ मा दुई जनाको उम्मेदवारी परेको विषयले कांग्रेस भित्र रहेको मतभेदलाई उजागर गरेको छ । क्षेत्र नं. १ मा जिल्ला उपाध्यक्ष बालकृष्ण घिमिरे र गजेन्द्र आलेले उम्मेद्वारी दिनु भएको हो । दुवै जनाले आँफु नै पार्टिको आधिकारिक उम्मेद्वार भएको दावि गर्नुभएको छ । क्षेत्र नं. २ बाट भने ओम प्रकाश घर्तीले उम्मेद्वारी दर्ता गराउनु भएको छ । उहाँहरु तिनै जना पार्टिका सक्रिय नेता भएपनि निर्वाचनमा पहिलो पल्ट होमिनुभएको हो ।
त्यस्तै नेकपाबाट क्षेत्र नं. १ मा लोकप्रसाद भुर्तेल र २ मा गणेशमान महतो, रास्वपाबाट १ मा राजन गौतम र २ मा मनिष खनाल, राप्रपाबाट १ मा दीपक बस्ताकोटी र २ मा रुनकुमारी महतो, श्रम संस्कृति पार्टीबाट १ मा भिमचन्द्र गुरुङ र २ मा कमल चापागाईले उमेदवारी दिनु भएको छ ।
त्यस्तै प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट १ मा सौगात महतो र २ बाट मानसिंह महतो, नेकपा (माओवादी) बाट १ मा बेलबहादुर सारु र २ मा गंगाप्रसाद ज्ञवाली (सुमन), राष्ट्रिय जनमोर्चाबाट १ मा चन्द्र सापकोटा र २ मा विष्णु गिरी साथै जनता समाजवादी पार्टीबाट क्षेत्र नं. १ मा छविलाल राना मगरको उमेदवारी परेको छ । ठूला दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र हर्क साम्पाङ् नेतृत्वको श्रम सँस्कृति पार्टीले समेत आफ्नो दलबलसहित उमेदवारी दर्ता गराएका हुन् ।
त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टि, प्रगतिशिल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, उज्यालो नेपाल, राष्ट्रिय जनशक्ति पार्टी, आम जनता पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति लगायतका दल र १० जना स्वतन्त्रले उम्मेद्वारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।
यसैविच, आगामि फाल्गुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा यसअगाडिका निर्वाचनमा जस्तो फरक फरक धारका दलहरुविच समेत गठबन्धन गरेरै चुनाव जित्ने परिपाटिको अन्त्य भएको छ ।
यसपटक विषेश गरि देशैभर विरासत बोकेका पुराना पार्टी र आँफुलाई स्थापित गर्न खोजिरहेका नयाँ पार्टी विचको चुनावी शक्ति–संघर्ष रोचक बन्ने देखिएको छ ।
यसअघिका निर्वाचनमा आँफुले चुनाव जित्नकै लागि अघिल्लो दिनसम्म तथानाम गालि र विरोध गरिरहेका नेता एवं दलहरु भोलिपल्टै उनैसँग गठबन्धन गरेर कार्यकर्तालाई फरक दलको चुनाव चिन्हमा भोट हाल्न लगाउने गरेका थिए भने यसपटक देशभर सबैजसो दलका कार्यकर्ताले आफ्नै चुनाव चिन्हमा भोट हाल्न पाउने भएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, रास्वपा, राप्रपा लगायत दलहरूले सबैजसो क्षेत्रमा एकल उम्मेद्वारी दिएका छन् । अर्थात्, एकअर्काविरूद्ध एक्लाएक्लै भिड्ने भएकाछन् ।
एमाले, कांग्रेस लगायत प्रमुख दलका केन्द्रिय तहका नेताहरूले नै मनोनयन दर्ता सकिँदासम्म गठबन्धनबारे कसैले कुनै दलसँग छलफल नगरेको बताएका छन् ।
कांग्रेसका प्रवक्ता देवराज चालिसेले विषेश महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन हुनुको एउटा मूल एजेन्डा रुख चिह्न कसैसँग नसाट्ने रहेकाले देशभर नै कसैसँग गठबन्धन नगरि उम्मेदवारी दिएको बताउनुभएको छ ।
एमाले प्रचार विभागका संयोजक मीनबहादुर शाहीले पनि गठबन्धनबारे कसैसँग अहिलेसम्म सम्वाद र वार्ता केही नभएको बताउनुभएको छ ।
‘एमालेलाई मुलुकको निर्णायक राष्ट्रिय शक्ति बनाउने संकल्पमा प्रतिबद्ध छौं, त्यसैअनुसार देशका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छौ,’ शाहीले भन्नुभएको छ ।
यता नेकपाले भने बाग्लुङको एउटा क्षेत्र राष्ट्रिय जनमोर्चालाई दिएर आंशिक गठबन्धन गरेको छ । तर मुलतः देशभर एक्लै लड्नेगरी उम्मेदवारी दिएको छ ।
देशकै कान्छो जिल्लाको रुपमा रहेको नवलपुरमा पनि सबै दलहरु एक्लाएक्लै भिड्ने भएकाछन्, स्थानिय राजनितिलाई नजिकबाट नियालिरहेका राजनितिक विष्लेशकहरुले दुई निर्वाचन क्षेत्र रहेको नवलपुरमा प्रमुख दुई दलहरु कांग्रेस र एमाले विचमै मुख्य प्रतिष्पर्धा रहेको बताएका छन् ।
देशभका विभिन्न स्थानमा देखिएको रास्वपा प्रतिको क्रेज नवलपुरको हकमा केहि कमजोर रहेको अधिवक्ता एवं राजनितिक विष्लेशक टंकराज वस्यालले बताउनुभएको छ ।
त्यस्तै अर्का राजनितिक विष्लेशक अशोक पौडेलका अनुसार नवलपुरको क्षेत्र नं. २ मा यसअघि स्थापित भैसक्नुभएका र जिल्लाको समग्र विकास निर्माण एवं नमुना सदरमुकाम निर्माणको योजनामा समेत मुख्य योगदान दिनुभएका नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहनुभएका तिलक महत प्रति यहाँका जनताले विषेश आशा र भरोसा राखेको देखिएको हुँदा पनि यसपटक महतले नै जित्ने सम्भावना रहेको छ ।
जिल्ला सदरमुकाम समेत रहेको कावासोती नगरपालिकाको स्थायि वासिन्दा र वर्षौँदेखि यहाँको जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गरिहनुभएका महतलाई अन्य विचारधारा बोकेका दलका कार्यकर्ताले समेत आफ्नो अभिभावकका रुपमा मान्ने गरेको हुँदा क्षेत्र नं. २ मा महतको मत बलियो देखिएको हो ।
यद्यपि क्षेत्र नं. २ मै हुप्सेकोट गाउँपालिका निवासि ओम प्रकाश घर्तीलाई नयाँ अनुहारका रुपमा नेपालि कांग्रेसले अगाडि सार्दा, रास्वपाको बालेन समुह निकट मानिने मध्यविन्दु नगरपालिका निवासि जेन्जि युवा मनिष खनाल पनि चुनावि प्रतिस्पर्धामा उत्रिएका छन् ।
यहि क्षेत्रमा हर्क साम्पाङ् नेतृत्वको श्रम सँस्कृति पार्टीको तर्फबाट पनि कावासोती कै स्थायि बासिन्दा रहेका युवा कमल चापागाईँले पनि आफ्नो उम्मेद्वारी दिएका छन् । देशभर देखिएको राजनितिक परिवर्तनले गर्दा ठ्याक्कै यहि नै हुन सक्छ वा यसले यति नै मत ल्याउला भनेर भन्न भने नसकिने विष्लेशकहरुको बुझाई छ ।
मनोनयन दर्ताको क्रममा देखिएको खास दृश्य सहित कुन नेताले के भने त ? हेर्नुहोस् भिडियो……

