माघ १७, कावासोती ।
नेकपा एमालेका केन्द्रिय सदस्य एवं नवलपुर इन्चार्ज तिलक महतले अरु पार्टीका उम्मेद्वारहरु जुन बाटोमा हिँडेर भोट माग्दै हुनुहुन्छ, त्यो सडक एमालेका जनप्रतिनिधिहरुले नै बनाएको बताउनुभएको छ । नवलपुरको कावासोती नगरपालिका वडा नं. १ का स्वर्गिय वडाध्यक्ष तवारक अहमद मियाको स्मृति सभालाई सम्बोधन गर्दै महतले नयाँ भनिनेहरुले पनि पूरानाहरुले नै बनाएका भौतिक संरचनाहरुकै विचमा भोट माग्न पुगिरहेको दावि गर्दै स्वर्गिय मियाले देखेको सपना पूरा गर्नकालागि पनि नेकपा एमालेकै सरकार बन्नुपर्ने बताउनुभएको हो ।
नवलपुरको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ का उम्मेद्वार समेत रहनुभएका महतले स्वर्गिय मियाले कावासोती १ को विकासमा उल्लेखनिय कार्य गरिरहेकै बेला अचान भएको निधन पार्टि पंक्ति स्तब्ध बनेपनि आँशु पुछ्दै, धुलो टौटक्याउँदै पुनः उठेर तवारकको सपना साकार पार्न नेकपा एमाले र आँफुहरुले कसम खाएको दावि गर्नुभएको छ । नेकपा एमाले १ नं. वडा कमिटिको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नवलपुर क्षेत्र नं. १ का नेकपा एमालेका उम्मेद्वार भागिरथ सापकोटाले आँफु लामो समयदेखि देशमा औद्योगिक विकास विना उन्नति सम्भव छैन भनेर केन्द्रिय तहमै रहेर कार्य गरिरहेको बताउँदै अब जिल्लाको समग्र विकासका लागि आफुले उम्मेद्वारी दिएको बताउनुभएको छ ।
क्षेत्र नं. १ मा सधैँ टुरिस्ट उम्मेद्वार आएर जितेर गएपनि निर्वाचन भन्दा अरु समयमा यस क्षेत्रमा फर्किएर पनि नआउने परिपाटि यहाँका जनताले बुझिसकेको भन्दै अब आँफुले जितेर गएपनि हरेक वर्ष वर्षमा भएका र गरेका कामहरुवारे जनताको सामु नै आएर जनतासँगै वसेर समिक्षा गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रममा स्वर्गिय मियाको ३ सन्तानहरुलाई निशुल्क शिक्षा समेत प्रदान गर्दै आउनुभएका एमाले सचिवालय सदस्य भोजराज दाहालले स्वर्गिय मियाले समाजको लागि असिमित गुन लगाएर गएको स्मरण गर्दै, पार्टिले गरेको आग्रहलाई सहर्ष स्विकार गरि असल व्यक्तित्वको सन्ततिको शैक्षिक विकासकोलागि सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ ।

कार्यक्रममा नेकपा एमालेका विभिन्न जनप्रतिनिधि, स्थानिय देखि केन्द्र तहका नेताहरु सहित नेकपा एमालेमा आस्था राख्ने नवलपुरका सयौँ स्थानियहरुको उपस्थिति रहेको थियो । कावासोती नगरपालिका–१ का स्वर्गिय वडाध्यक्ष तवारक अहमद मियाँको युवा संघ नवलपुरको दशौँ अधिवेशनको उद्घाटन शत्र चल्दै गर्दा कार्यक्रम स्थलमै गत साल माघ १९ गते ह्रदयघातका कारण निधन भएको थियो ।

