आज भारतको जमिनमा पुग्दैछ यास आँधी, नेपालमा पनि शनिबारसम्म प्रभाव ।

बंगालको खाडी नजिकै बनेको सामुद्रिक आँधी यास बुधबार दिउँसो भारतको जमिनमा आइपुग्दै छ।

भारतीय मौसम विभागले बुधबार दिउँसो पश्चिम बंगाल र ओडिसाको बीचमा यास जमिनमा आइपुग्ने बताएको छ।

मौसम विभागका अनुसार आज दिउँसो यास बालासो र भद्रकको धामरा (पारादीप) को नजिकै भएर जमिनमा आउने छ। जसका कारण १३० देखि १४० किलोमिटर प्रतिघन्टाको गतिमा हावा चल्नेछ।

आँधीको प्रभावका कारण पश्चिम बंगाल, उडिसा र झारखण्ड राज्यका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ।

आँधीबाट जोगिन पश्चिम बंगाल र उडिसा १३ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

यसैबीच यास आँधीको प्रभाव नेपालमा पनि शनिबारसम्म पर्ने देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यास आँधीको प्रभाव नेपालमा  पूर्व हुँदै पश्चिमतिर जानेछ। केही स्थानमा भारी वर्षा र हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यास आँधीबारे विशेष बुलेटिन जारी गर्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।

यस्तो हुनेछ  शनिबारसम्मको मौसम

बुधबार (१२ गते): प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशमा सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ।

बिहीबार (१३ गते): प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशमा सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ।

शुक्रबार ‌(१४ गते): देशभर सामान्यदेखि पूर्ण बदली रही मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ तथा उक्त प्रदेशका तराईका भूभागहरूमा उच्च बेगको हावाहुरि तथा अति भारी वर्षाको सम्भावना रहेको छ।

शनिबार ‌(१५ गते): देशभर सामान्यदेखि पूर्ण बदली रही मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ तथा उक्त प्रदेशका तराईका भूभागहरूमा उच्च बेगको हावाहुरी तथा अति भारी वर्षाको सम्भावना रहेको छ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १०, बिहीबार १०:०५
    • 8 views
    पितौजीमा २ सय ५६ किलो गाँजा सहित भारतिय ट्रक पक्राउ

    कावासोती । नवलपुरको गैँडाकोट-१० पितौजीमा २ सय ५६ किलो गाँजा सहित भारतिय ट्रक पक्राउ परेको छ । पितौजीमा रहेको सशस्त्र प्रहरीको गुल्मबाट खटिएको टोलिले पुर्व बाट पश्चिम जाँदै गरेको जे…

    विस्तृत.....

    • २०८१ माघ १०, बिहीबार १०:०४
    • 8 views
    कृषि, व्यापार र धार्मिक पर्यटन प्रवर्द्धनका लागि माघ ११ गतेबाट तेस्रो मध्यबिन्दु महोत्सव

    दीपक भट्टराई, कावासोती ।  तेस्रो मध्यविन्दु महोत्सव माघ ११ गतेदेखि माघ २१ गते सम्म सन्चालन हुने भएको छ । मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो मध्यविन्दु महोत्सव हुने भएको हो ।…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *