+
+
-- Sponsored Ad --

कोरोना संक्रमणबाट डाक्टर रजौरियाको निधन: सर्वसाधारण त्रसित ।

546 पटक हेरिएको
Clock २०७८ जेष्ठ २०, बिहीबार १५:३४
-- Sponsored --

काठमाडाैं : कोरोना संक्रमणका कारण जनरल फिजिसियन डा. पशुपति रजौरियाको निधन भएको छ।

ग्राण्डी अस्पतालमा उपचाररत डा. रजौरियाको बुधबार राति निधन भएको नेपाल चिकित्सक संघका महासचिव बद्री रिजालले जानकारी दिए। 

रजौरियालाई करिब २० दिन अगाडी कोरोना संक्रमण पुष्टि भएको थियो। लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको थियो। तर, उनको स्वास्थ्य अवस्था थप जटिलता देखिएपछि काठमाडौं ल्याइएको थियो।

डा. रजौरियाको लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमणको रिर्पोट भने नेगेटिभ आइसकेको थियो। डा.रजौरिया ८ दिनदेखि ग्राण्डीमा भेन्टिलेटरमा उपचाररत थिए। 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win