0 प्रतिक्रिया
देवचुली २ मा ५५ जनाको एन्टिजेन टेस्टमा ५ जनामा पोजेटिभ
देवचुली, माधब सुबेदी
देवचुली नगरपालिका वडा नं २ दुम्कौलीको धानचरी गाउँमा एन्टिजेन परिक्षणमा ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आईतबार गरिएको ५५ जनाको एन्टिजेन परिक्षणमा ५ जनाको नतिजा पोजेटिभ आएको हो । देवचुली नगरपालिकामा तत्काल संक्रमितको पहिचान हुने र अन्य व्यक्तिलाई संक्रमण पनि नहुने र संक्रमितको संख्या पनि बढ्दै गएपछि एन्टिजेन परिक्षणको काम बढाइएको छ । हाल सम्म देवचुली नगरपालिकामा १ सय ५० भन्दा बढि एन्टिजेन विधिबाट परिक्षण गरिएको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --




