गण्डकीका ३ सय ४७ सहित देशभर थप २ हजार ४ सय ७ जनामा कोरोना संक्रमण पुष्टी

जेठ ३०, पोखरा,

आइतबार गण्डकीमा थप ३४७ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार २८० जनामा गरिएको नमुना परीक्षणमा थप ३४७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

थप संक्रमण पुष्टि हुनेमा कास्कीका १५२ जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५० हजार ३०४ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकीबाट ४७३ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको कुल संख्या ४३ हजार ६१९ पुगेको छ ।

त्यस्तै आइतबार पनि गण्डकीमा थप सात जनाको मृत्यु पुष्टि भएको छ । थप मृत्यु पुष्टी हुनेमा तनहुँका दुई जना सहित कास्की, नवलपुर, स्याङ्गजा, बागलुङ र मुस्ताङ्गका एकएक जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८३८ पुगेको निर्देशनालयले जनाएको छ ।
यसैबिच
गएको २४ घण्टामा देशभर १२ हजार चार सय ६ जनाको नमुना परीक्षण गर्दा थप २ हजार ४ सय ७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार अहिले नेपालमा कोरोनाको परीक्षण घटेसँगै सङ्क्रमितको सङ्ख्या पनि घटेको छ ।

पीसीआर र एन्टिजेनमार्फत निःशुल्क परीक्षण गर्ने व्यवस्था भए पनि परीक्षण गराउन जानेको सङ्ख्या घटेको मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

गाउँघरमा सङ्क्रमणको जोखिम रहेकाले कोभिडको कुनै लक्षण देखिनासाथ नजिकैको स्वास्थ्य संस्थामा परीक्षणका लागि जान पनि प्रवक्ता पौडेलले अनुरोध गर्नुभएको छ ।

अहिले पनि देशभरका ४४ वटा जिल्लाहरुमा पाँच सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । अहिले देशभर ६८ हजार ९ सय ५५ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै गएको २४ घण्टामा तीन हजार नौ सय ५४ जना डिस्चार्ज भएका छन् । यस्तै कोरोना सङ्क्रमणका कारण थप ४६ जनाको जनाको ज्यान गएको मन्त्रालयले बताएको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ७, सोमबार २२:०३
    • 11 views
    माघ २५ गतेदेखि आठौं नवलपुर महोत्सव

    कावासोती । आठौं नवलपुर महोत्सव माघ २५ गतेदेखि फागुन १० गतेसम्म सञ्चालन हुने भएको छ । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा आठौं नवलपुर महोत्सव हुने भएको हो । संघले शुक्रबार…

    विस्तृत.....

    • २०८१ माघ ७, सोमबार २१:५२
    • 12 views
    अध्यादेशबाट कानुन सुधार : वाञ्छित परिणामका लागि अवाञ्छित काम

    ७ माघ, काठमाडौं । सरकारले पछिल्लो एक सातामा पाँचवटा अध्यादेश जारी गरेको छ । २९ पुसमा चारवटा र २ माघमा एउटा गरी जारी भएका सबै अध्यादेशमा नयाँ विषय छैनन्, अध्यादेशमार्फत…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *