Warning: Attempt to read property "slug" on string in /home/asoftcom/nsancharonline.com/wp-content/themes/bishwasanchar/functions.php on line 85
“रत्नाकारलाई बाल्मिकी बनाउन सकिन; म कसैको दबाबमा निष्ठा छोड्ने मान्छे पनि होईन” : पृथ्वीसुब्बा गुरुङ “रत्नाकारलाई बाल्मिकी बनाउन सकिन; म कसैको दबाबमा निष्ठा छोड्ने मान्छे पनि होईन” : पृथ्वीसुब्बा गुरुङ - N. SANCHAR NEWS - एन सञ्चार न्युज
+
+
-- Sponsored Ad --

“रत्नाकारलाई बाल्मिकी बनाउन सकिन; म कसैको दबाबमा निष्ठा छोड्ने मान्छे पनि होईन” : पृथ्वीसुब्बा गुरुङ

681 पटक हेरिएको
Clock २०७८ जेष्ठ ३०, आईतवार २०:०७
4
-- Sponsored --

जेठ ३०, पोखरा,

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सबै रत्नाकारहरु बाल्मिकी नबन्ने बताउनुभएको छ ।

मुख्यमन्त्रीबाट पृथ्वीसुब्बा पदमुक्त भैसकेपछि आईतबार पत्रकार सम्मेलनमा राजिव गुरुङ् उर्फ दिपक मनाङे प्रति लक्षित गर्दै आफुले रत्नाकारलाई बाल्मिकी बनाउन प्रयास गरेपनि सफल नभएको बताउनुभएको हो ।

यसअघि गुण्डाको उपमा पाएका मनाङेलाई पहिलो पटक मन्त्री पद दिएर आफ्नो शत्ता बचाउने प्रयास गर्नुभएका गुरुङले भन्नुभयो ः ‘उनलाई बाल्मिकी बन्छन् कि भनेर ल्याएको, उनी बाल्मिकी बन्न सकेनन् । सबै रत्नाकारहरु बाल्मिकी नबन्दा रहेछन् । उनलाई बाल्मिकी बनाउने प्रयास असफल भयो ।’

केही समयअघि सम्म गण्डकी प्रदेशमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ सरकारको साथ दिएका स्वतन्त्र सांसद् दिपक मनाङेले अहिले गठबन्धलाई साथ दिएर पुनः मन्त्री बनिसक्नुभएको छ ।

यस्तै गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशनकै कारण आफूले राजनीतिक निष्ठा गुमाउन नसक्ने भन्दै आफू कसैको दबाबमा निष्ठा छाड्ने मान्छे नरहेको बताउनुभएको छ ।

उहाँले पुनः मुख्यमन्त्रीमा दाबी गरेको विषयमा स्पष्ट पार्दै सभामुखबाहेक अन्य ५९ सांसदले नै दाबी गर्न सक्ने संविधान मै उल्लेख भएको भन्दै गठबन्धनबाट बनाइएको सरकार जुनसुकै बेला पनि परिवर्तन हुन सक्ने बताउनुभयो ।

‘गुटउपगुटमा विभाजित अप्राकृतिक यो गठबन्धन पूर्वपश्चिम फर्केको छ । कुर्सी प्राप्तिमा गरिने गठबन्धनमा केही न केही झगडा हुन्छ र गठबन्धनको आयु लामो छैन,’ उहाँले भन्नुभएको छ ।

अब आफूलाई पार्टीमा काम गर्न खुल्ला वातावरण मिलेको बताउँदै गुरुङले प्रदेशमा पार्टीले रचनात्मक प्रतिपक्षको भूमिका निभाउने बताउनुभएको छ । एमाले संसदिय दलका नेता गुरुङले प्रदेशमा जुन सरकार आए पनि संघीयताको मर्म अनुसार काम हुनुपर्नेमा आफ्नो जोड रहने प्रष्ट पार्नुभयो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win