अझै एक साताभन्दा बढी समय नेपालमा मनसुनले कडा सक्रियता जनाउने

 मनसुनी न्यून चापीय रेखा बङ्गालको खाडीबाट नजिक सर्ने क्रम जारी रहेकाले पनि अझै एक साताभन्दा बढी समय नेपालमा मनसुनले कडा सक्रियता जनाउने सम्भावना रहेको जल तथा विभागले जनाएको छ । विभागका अनुसार पहाडी र हिमाली भेगमा अधिक वर्षा भएकाले ठूला नदीको बहाव निरन्तर बढोत्तरीतर्फ उन्मुख छ । मनसुनको सुरुवात नै पूर्व र मध्यक्षेत्रमा भएकाले सबैभन्दा बढी मध्यक्षेत्रको नारायणी नदीमा अत्यधिक बाढी उर्लिएको छ । नारायणी जलाधार क्षेत्रमा वर्षा अझै निरन्तर छ ।

नदीको बाढीले मङ्गलबार बिहानै सतर्कता तह पार गर्दै साँझ खतराको तहको मापन नौ मिटरमाथिको उकालो पार गरिसकेको छ । नारायणगढ र गैँडाकोटको तटीय क्षेत्र डुबानमा परेको छ । नारायणीको बाढीले उग्र रूप लिएपछि त्रिवेणीको गण्डक बाँधको सबै ढोका खोलिएका छन् । नारायणीको तटीय क्षेत्र त्रिवेणी, गैँडाकोट, सुस्तालगायतका क्षेत्रका बासिन्दालाई बस्तीबाट अन्य सुरक्षित स्थानमा जान सन्देश पठाइएको छ 

। त्यस्तै, पाल्पाको रुद्रबेनीको बहाव पनि उच्च रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दा जोखिममा परेका छन् । सोमबारदेखि सिङ्गो गण्डकी प्रदेशको आकाशमा कालो बादल मडारिँदै पानी परिरहेको छ । पहाडी इलाका रहेकाले पहिरो जाने सम्भावना उच्च रहेकाले सतर्कता अपनाउन भनिएको छ । लुम्बिनी प्रदेशको पश्चिम राप्ती, बबई, तिनाउलगायतका सहायक नदीमा बहाव बढिरहेको छ । कर्णाली प्रदेशका भेरी क्षेत्रमा पानी परिरहेको छ । अत्याधिक बर्षाले कास्की, लमजुङ पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङ्जा, नवलपुर, चितवन, त्रिवेणी, परासी, पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ लगायतका जिल्ला प्रभावित बनेका छन् ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 50 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 109 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *