कास्की जिल्लामा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ५६ जना पुरुष तथा ४९ जना महिला गरी १०५ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ३८४ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ४०८ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १०५ सहित म्याग्दीका ५ जना, पर्वतका ४ जना, गोरखाका १६ जना, लमजुङका ५८ जना तनहुँका ८७ जना, बाग्लुङका ५६ जना स्याङ्जाका ८ जना र नवलपुरका ६९ जना गरी प्रदेशका ९ जिल्लामा २०६ पुरुष तथा २०२ जना महिलामा कोरोना पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५१ हजार ४३५ पुगेको छ।

पछिल्लो २४ घण्टामा ५२५ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ४५ हजार ३४६ पुगेको छ । गण्डकीमा थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ८६१ पुगेको छ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ३, बिहीबार ११:५९
    • 193 views
    एचपीभी खोप लगाउन किन जरुरी छ?

    कावासोती । पाठेघरको मुखको क्यान्सरलाई एचपीभी भाइरस अर्थात् ह्युमन प्यापिलोमा भाइरसबाट हुने क्यान्सर भनिन्छ। यो क्यान्सर विश्वभरका महिलामा धेरै लाग्नेमा चौथो नम्बरमा पर्छ। यसकै कारण हरेक वर्ष तीन लाख महिलाको…

    विस्तृत.....

    • २०८१ पुष २८, आईतवार २२:१५
    • 66 views
    पेटको बासो घटाउन अत्यन्तै प्रभावकारी ५ योगासन ।

    काठमाडौं । पेटको बोसो तपाईँको स्वास्थ्यको लागि मात्र नभई तपाईँको आत्मविश्वासको लागि पनि ठुलो चुनौती साबित हुन सक्छ । पेटको बोसो बढ्दा धेरै रोगको जोखिम पनि बढ्न सक्छ । तसर्थ, यदि…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *