0 प्रतिक्रिया
इन्धनको कर ५० प्रतिशत घटाउन सरकारलाई संसदीय समितिको निर्देशन
१० असार, काठमाडौं । प्रतिनिधिसभाको एक उपसमितिले पेट्रोलियम पदार्थको कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ ।
संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्र्तगतको बजार अनुगमन उपसमितिले शुक्रबार यस्तो निर्देशन दिएको हो । प्रकाश रसाइली संयोजक रहेको उपसमितिले इन्धनका कारण जनजीवन महँगीदा उपभोक्ता मारमा परेको निष्कर्ष निकालेको हो ।
इन्धन महँगो हुनुमा कर पनि एउटा कारण भएको निश्कर्ष उपसमितिले निकालेको ति सदस्यले बताए । छलफल पछि उपसमितिले अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र निगमलाई लिखित निर्देशन दिदैं इन्धनको कर ५० प्रतिशत घटाउन भनेको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



