नवलपुरको बौंदीकाली सडकसञ्जालबाट सम्पर्कविच्छेद, कालीगण्डकी पुलको डेढगाउँ खण्ड भासियो

नवलपुर । बिगत तीन दिनदेखिको अविरल वर्षाका कारण पूर्वी नवलपुरको बौंदीकाली गाउँपालिका सडक सञ्जालबाट विच्छेद बनेको छ ।

देशका अन्य क्षेत्रमा जस्तै गण्डकी प्रदेशमा पनि अविरल रुपमा परिरहेका कारण अन्य ठाउँबाट डेढगाउँ जोड्ने सम्पूर्ण सडकहरु क्षतविक्षत अवस्थामा रहेको डेढगाउँका उज्जल ओझाले बताए । ओझाका अनुसार देशको मुख्य राजमार्गसँग जोड्ने डेढगाउँको सबैभन्दा नजिकको बाटो भिमाद–मानपुर–डेढगाउँको सडक क्षतविक्षत अवस्थामा रहेको छ ।

कालोपत्रे गर्ने तयारीमा रहेको मानपुर–डेढगाउँ सडकखण्डमा तदारुकताका साथ काम हुन नसकेपछि र बाढीका कारण क्षतविक्षत बनेको छ ।

त्यस्तै सबैभन्दा ठूलो समस्याको रुपमा भर्खरै निर्माण सम्पन्न भएको कालीगण्डकीको पक्की पुलको डेढगाउँतर्फको भाग पनि भासिएको देखिएको छ ।

त्यस्तै डेढगाउँ जोड्ने कालीगण्डकी करिडोरको पाल्पाको रामपुर-डेढगाउँ र डेढगाउँ–गैडाँकोट खण्डमा पनि विभिन्न ठाउँमा पहिरो गएको जनाइएको छ ।

त्यस्तै डेढगाउँलाई तराईसँग जोड्ने सबैभन्दा छोटो सडकका रुपमा रहेको कावासोती, दलदले डेढगाउँ सडकखण्ड पहिरोका कारण क्षतिग्रस्त बनेको छ । त्यस्तै झ्यालबास-रूचाङ-डेढगाउ सडकखण्ड पनि क्षतविक्षत भएको छ ।

त्यस्तै बौंदीकालीको वडा नं. १ र २ जोड्ने बौंदीखोलाको सेरामा निर्माणाधीन अवस्थामा रहेको पुल पनि बगाएको जनाइएको छ ।

त्यस्तै निरन्दी खोलामा निर्माण गर्न लागिएको पुलको पिल्लरमा क्षति पुगेको छ भने गाउँपालिकाभित्रका अन्य वडाहरु जोड्ने अधिकांश सडकहरु पनि पहिरोको चपेटामा परेका छन् ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 40 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १८:२२
    • 88 views
    नवलपुर महोत्सवमा आदिवासी जनजाति महासंघको असहमति, संस्थागत सहभागिता नहुने

    दीपक भट्टराई, कावासोती ।  नवलपुर उद्योग वाणिज्य संघद्वारा माघ २५ गतेदेखि नवलपुरको कावासोती-१६, डण्डामा सञ्चालित आठौं नवलपुर महोत्सवप्रति नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरले असहमति जनाएको छ। महासंघले…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *