+
+
-- Sponsored Ad --

गाँजासहित एक युवा पक्राउ

826 पटक हेरिएको
Clock २०७८ असार ९, बुधबार २२:१४
-- Sponsored --

पोखरामा ठुलो परिमाणमा लागूऔषध गाँजासहित एक युवा पक्राउ परेका छन् । पोखरा महानगरपालिका १० बुद्ध चोकबाट ८ किलो २०० ग्राम गाँजासहित बुधबार साँझ ५ बजे गोरखा आरुघाट गाउँपालिका ३ का २३ वर्षीय लेख बहादुर गुरुङ पक्राउ परेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

गुरुङले बुद्ध चोकमा सञ्चालन गरेको गोरखा मनकामना नर्सरीमा लागूऔषध गाँजाको विक्री वितरण हुन्छ भन्ने सूचनाको आधारमा खानतलासी गर्दा नर्सरीमा रहेको एक तले घरको कोठामा सो परिमाणको गाँजा फेला परेपछि गुरुङलाई नियन्त्रणमा लिइएको डिएसपी हमालले बताउनुभयो ।

वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी निरीक्षक बिक्रम कुवरको नेतृत्वमा खटिएको टोलीले गुरुङलाई नियन्त्रणमा लिई कार्यालयमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win