भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ

  • समाचार
  • २०७८ असार २९, मंगलवार २०:५०

एक महिलाको हत्या गरेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको हत्या गरेको आरोपमा प्रहरीले मृतकका ३१ वर्षीय देवर रुपेश ठाकुर तथा शव ओसारपसार, स्थानान्तरण र गाड्नमा सहयोग गरेको आरोपमा सोही ठाउँका ३७ वर्षीय किशोरी मण्डल, ३३ वर्षीय आदम राईन र ३२ वर्षीय नथुनी मण्डललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

गत जेठ २० गते सुजिताको आफ्नै कोठामा हत्या भएको थियो । प्रहरीका अनुसार सुजिताका देवरले आफूले भाउजूको हत्या गरेको तथा पक्राउ परेका तीनै जनाले शव ओसारपसार, स्थानान्तरण र गाड्नमा सहयोग गरेको स्वीकार गरिसकेका छन् । देवर रुपेशले जेठ २० गते बिहान भाउजू सुजितालाई उनकै कोठाभित्र मुक्का प्रहार गरी कोठाको भित्तामा टाउको ठोक््याइ घाँटीसमेत थिचेर हत्या गरेको प्रहरीसमक्ष बयान दिएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो ।

हत्यापछि सुजिताको शवलाई दिनभरि उनकै पलङमाथि राखेर बाहिरबाट कोठामा ताल्चा लगाएको थियो भने राति करीब ९ बजे आफ्नै ट्र्याक्टरमा राखेर गाउँभन्दा एक किलोमिटर पूर्व दक्षिणस्थित मृतकका ससुरा पतिराम ठाकुरको खेतमा शव गाडेको थियो ।

घटनाबारे गाउँमा चर्चा हुन थालेको र प्रहरीसमेत सक्रिय भएको देखेर जेठ २९ गते राति पुनः त्यहाँबाट उनको शव निकालेर गाउँभन्दा पूर्व भ्रमरपुरा–जनकपुर सडकखण्डमा रहेको पेट्रोलपम्पको छेउमा ससुरा पतिराम ठाकुरकै खेतमा १३ फिट गहिरो खाल्डो खनेर उनको शव राखेर माथिबाट सिमेन्ट, बालुवा, गिट्टीले ढलान गरेको थियो ।

प्रहरीले सुजिताको शव घटनाको एक महिना आठ दिनपछि असार २७ गते बिहान १० बजे आधा सडेको अवस्थामा फेला पारेको थियो । घटनामा थप संलग्न व्यक्ति फरार रहेको र उनीहरुको पनि खोजतलास भइरहेको प्रहरी उपरीक्षक आचार्यले बताउनुभयो । 

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 108 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *